महरालाई तीन दिन हिरासतमै राख्न आदेश

  
  प्रकाशित मितिः मङ्लबार, अशोज २८, २०७६       | 139 Views   ||

सदरलाइनडटकम,
काठमाण्डौं : प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

उनीमाथि संघीय संसदकी कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका हुन ।

१५ असोजमा सभामुख पदबाट राजिनामा दिएका महरालाई जिल्ला अदालतको आदेशमा गत १९ असोजमा प्रहरीले गिरफ्तार गरी हिरासतमा लिएको थियो ।

उनी दसैंको बिदाको दिन अर्थात् अष्टमीमा पक्राउ परेका कारण अदालत बन्द भएपछि प्रहरी हिरासतमा थिए ।

मंगलबार अदालत खुलेसँगै महरालाई प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालत पेस गरेको थियो ।

महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले पक्राउ गरेपछि महरालाई प्रहरी वृत सिंहदरबारको हिरासतमा राखिएको थियो । हिरासतमा रहेकै बेला उच्च रक्तचापको समस्या देखिएपछि उनलाई थापाथलीस्थित नर्भिम अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मितिः मङ्लबार, अशोज २८, २०७६     6:03:09 PM  |