मठमन्दिरमा बसेर भिक्षा माग्न निषेध गरिँदै

२६ आश्विन २०७६, आईतवार १५:४६
 

सदरलाइनडटकम,
बुटवल : भिक्षा माग्ने कामलाई पेशा जस्तो बनाएको भन्दै प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले मठ मन्दिरमा बसेर भिक्षा माग्न निषेध गर्ने तयारी भएको बताएका छन् ।
मानव सेवा आश्रमले आइतवार बुटवलमा गरेको एक कार्यक्रममा बोल्दै मन्त्री बरालले सोमवारदेखि सिद्धबाबा मन्दिरबाट भिक्षा माग्न निषेध गरिने जानकारी दिए । यो नियम क्रमशः प्रदेशका सबै मठ मन्दिरमा लागु गरिने बताउँदै उनले काम गर्न नसक्ने मानिसलाई मानवसेवा आश्रममा ल्याइने तर अब मागेर खान नपाइने चेतावनी दिए ।
काम गर्न सक्नेलाई सरकारले काम दिने दाबी गर्दै मन्त्री बरालले माग्ने कामको अन्त्यका लागि प्रदेश सरकारले नीति बनाएरै निषेध गर्ने खुलासा गरे । माग्न बाध्य भएका मानिसको सरकारले जिम्मेवारी लिने उनको भनाई छ ।
यसैबीच मन्त्री बरालले बुटवलमा रहेको मानवसेवा आश्रममा आश्रित ७० जनालाई दशैंको टिका लगाइ दिएका छन् । मन्त्री बरालले उनीहरुलाइ टीका, जमरा र मिठाइ दिएका थिए ।

Next Post

बलात्कार आरोपमा किशोर पक्राउ

२६ आश्विन २०७६, आईतवार १५:४६
सदरलाइनडटकम, कैलाली : बालिका बलात्कारको आरोपमा कैलाली प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरवेहडीबाट १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय किशोरलाई पक्राउ गरेको हो । शनिवार राती ९ बजे बालिकामाथि बलात्कार गरेको बालिकाका आफन्तले आरोप लगाएपछि किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी […]