सीता एयरको जहाज आकस्मिक अवतरण

२५ आश्विन २०७६, शनिबार १४:०२
 


सदरलाइनडटकम,
काठमाण्डौ : सीता एयरवेज जहाजले आपतकालीन अवतरण गरेको छ । शनिवार बिहान ९ बजे रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुस्थित लुक्ला विमानस्थलका लागि उडेको जहाज मन्थलीमा आकस्मिक अवतरण गरिएको हो ।
मन्थलीबाट उड्नेबित्तिकै जहाजको इन्जिनमा चरा छिरेपछि आकस्मिक अवतरण गरिएको रामेछापका डिएसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए । जहाजमा १३ यात्रु र ३ कर्मचारी सवार थिए । जहाजभित्रका सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

Next Post

मौसम अपडेट : आजदेखि मनसुन बाहिरियो

२५ आश्विन २०७६, शनिबार १४:०२
सदरलाइनडटकम, काठमाण्डौ : यस वर्ष ढिलो शुरु भएको मनसुन शनिवारदेखि बाहिरिएको छ । सामान्य समयभन्दा १० दिन ढिलो गरी असार ५ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन आजदेखि औपचारिक रुपमा बाहिरिएको मौसम पूर्वानुमान महाशााखाले जनाएको छ । यो वर्ष मनसुनको आगमन औसतभन्दा १० दिन ढिलो भएको थियो भने बहिर्गमन […]