विष्फोटपछि इरानी तेल ट्याङ्करमा आगलागी

२४ आश्विन २०७६, शुक्रबार १८:२२
 

सदरलाइनडटकम,
काठमाण्डौ : विष्फोटपछि इरानको एउटा तेल ट्याङ्करमा आगो लागेको छ । इरानी सञ्चारमाध्यमका अनुसार यो घटना साउदी अरबको समुद्री तट जेद्दा बन्दरगाह नजिक भएको हो । आगो लागेको तेलको ट्याङ्कर इरानको तेल कम्पनी एनओआईसीको हो । सञ्चारमाध्यमका अनुसार विस्फोट हुँदा इरानी ट्याङ्कर साउदी अरबको तटीय शहर जेद्दाबाट ९७ किलोमिटरको दुरीमा थियो ।
सञ्चार संस्था अलजजीराका अनुसार तेल ट्याङ्करलाई दुइटा संदिग्ध रकेटले निशाना बनाएका थिए । आक्रमणबाट ट्याङ्करको दुइटा भण्डारमा क्षति पुगेको छ, जसका कारण तेल लाल सागरमा फैलिएको छ । आक्रमणबाट मानिसहरुलाई भने कोही पनि नभएको जनाइएको छ । गत महिना १८ ओटा ड्रोन र सात ओटा क्रुज मिसाइलद्वारा साउदी अरबको महत्वपूर्ण तेल प्लान्टमा आक्रमण भएको थियो ।
यो आक्रमणको आरोप इरानमाथि लगाइएको थियो । जुन र जुलाई महिनामा पनि दुइटा तेल ट्याङ्करमा आक्रमण भएको थियो । त्योबेला पनि अमेरिकी अधिकारीहरुले यसको लागि इरानलाई जिम्मेवार ठहराएका थिए । यसअघि पनि मे महिनामा चार ओटा तेल ट्याङ्करमा आक्रमण भएको थियो । यद्यपि इरानले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै आइरहेको छ ।
(एजेन्सी)

Next Post

टी ट्वान्टी खेलेर टोली स्वदेश फिर्ता

२४ आश्विन २०७६, शुक्रबार १८:२२
सदरलाइनडटकम, काठमाण्डौ : दुई वटा टी ट्वान्टी सिरिज खेल्न गएको नेपाली क्रिकेट टिम स्वदेश फिर्ता भएको छ । सिंगापुर र ओमानमा भएका सिरिज खेलेर शुक्रवार स्वदेश फिर्ता भएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले स्वागत गर्नुभएको थियो । सिंगापुरमा भएको तीन देश सहभागी सिरिजमा नेपाल जिम्बाब्वेसँग […]