बाँकेमा पनि मनाईयो ६४ औ प्रहरी दिवश

  
  प्रकाशित मितिः शुक्रबार, अशोज २४, २०७६       | 187 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज  : जिल्ला प्रहरी कार्यालय बाँकेले ६४ औं प्रहरी दिवस मनाएको छ । देशब्यापी रुपमा प्रहरी दिवस मनाउने कार्यक्रम अनुसार बाँके प्रहरीले पनि प्रहरी दिवस मनाएको हो ।
प्रहरी दिवसको अवसरमा देशका लागि ज्यान गुमाएका अमर सहिद प्रहरीहरुको सम्मानमा प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक बीरबहादुर वली, पूर्व प्रहरी अधिकृत, प्रहरी महिला संगठन लगायत सर्वसाधारणले सहिद प्रहरी स्तम्भमा माल्यार्पण गरेका थिए । कार्यक्रममा बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक बीरबहादुर वलीले प्रहरीले जनताको शान्ति सुरक्षाका लागि भावी दिनमा अझ बलियो भएर अगाडी बढ्ने प्रतिबद्धता जनाए ।
उनले बिगतका दिनहरुमा भएका कमजोरीलाई सच्याउदै आगामी दिनमा कमजोरी नदोहोरिने गरी बाँके प्रहरी दत्तचित्त भएर अगाडी बढ्ने बताए । कार्यक्रममा संगठनले सेवानिबृत्त तथा अमर प्रहरी परिवारलाई बिभेद गरेको गुनासो आएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले प्रहरी संगठन अनुसाशित हुनुपर्नेमा जोड दिए । उनले अनुशासनले नै प्रहरी संगठन बलियो भएको स्मरण गराउदै अनुशाशित भएर काम गर्न निर्देशन समेत दिए ।
प्रहरी दिवसको अवसर पारेर धर्मगुरु बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी र मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । यसै गरी सिमा प्रहरी चौकी सुईया बाँकेको नयाँ भवन निर्माण गर्ने क्रममा निःशुल्क जग्गा प्रदान गर्ने नरैनापुर–१ कटकुईया बाँकेका रामचन्दर मुराउ र लालजी प्रसाद मुराउलाई संयुक्त रुपमा कदर पत्रले सम्मान गरिएको थियो ।
प्रहरी दिवसकै अवसर पारेर बाँके जिल्लामा कार्यरत प्रहरी अधिकृत र प्रहरी जवानलाई सम्मान गरिएको छ । कार्यक्रममा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले पठाएको शुभकामना सन्देश पढेर सुनाईएको थियो ।

प्रकाशित मितिः शुक्रबार, अशोज २४, २०७६     5:55:35 PM  |