ह्याप्पी आवरलाई बक्यौता तिरी घर खाली गर्न होटल स्नेहको ताकेता

  
  प्रकाशित मितिः बिहिबार, अशोज २३, २०७६       | 518 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगञ्जमा सञ्चालनमा रहेको ह्याप्पी आवर प्रालिले लिज बक्यौता तिर्न नसक्दा होटल स्नेह प्रालिले ताकेता गरेको छ । केही बर्ष पहिले होटल स्नेहको सभाहल सहितको घरलाई ह्याप्पी आवर प्रालिलाई भाडामा सञ्चालन गर्न दिएको थियोे ।
ह्याप्पी आवर प्रालिले होटल स्नेहलाई सम्झौता अनुसारको सर्त पालना नगरेपछि होटल स्नेहकोतर्फबाट अध्यक्ष असित शम्शेर जबराले बिहीबार एक विज्ञप्ती जारी गरी सम्झौता अनुसार बाँकी बक्यौता तिरी हल घर खाली गर्न आग्रह गरेका छन् ।
उनले सो विज्ञप्तीमा ‘करारमा उललेख भए अनुसार होटल स्नेह प्रालिले २०७४ साउन २७ मै ६ महिना अगाडि जानकारी गराईसके पनि सो ह्याप्पी आवर प्रालिले भाडामा लिएको हल घर खाली नगरेपछि पटक पटक लिखित, मौखिक जानकारी दिदा पनि वास्ता नगरेपछि २०७६ साउन १९ गते फेरी ३५ दिने सूचना समेत दिएको छ ।’
यसैगरी सो विज्ञप्तीमा होटल स्नेहको तर्फबाट ह्याप्पी आवर प्रालिका विरुद्ध हल घर खाली गर्न र सम्झौता पालन गर्नको लागि २०७६ भदौ १२ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बिभाग (होटल तथा पर्वतारोहण शाखा) ले ह्याप्पी आवर प्रालिलाई सम्झौताको पालनाका साथै बक्यौता रकमको भुक्तानी गर्न भनी च.नं ५२० को पत्राचार गराउदा ह्याप्पी आवर प्रालिले सरकारलाई बुझाउनु पर्ने बाँकी बक्यौता रकम रु १८ करोड ५५ लाख ९३ हजार ७५० सात दिन भित्र जम्मा गर्न भनी जानकारी दिईएको उल्लेख छ ।
‘सरकारलाई बुझाउनु पर्ने रकम हालसम्म पनि नबुझाएका कारण होटल स्नेह प्रालिको स्तरोन्नती हुन नसक्ने जानकारी प्राप्त भई आए पश्चात ह्याप्पी आवर प्रालिका सञ्चालकलाई सो कुराको लिखित मौखिक रुपमा पटक पटक जानकारी गराउदा पनि बेवास्ता गरी आएकाले होटल स्नेह प्रालीको स्तरोन्नती हुन बाधा पुगी करोडौको क्षती पुग्न गएको अवस्था आएको छ’– होटल स्नेह प्रालिको बिज्ञप्तीमा उल्लेख छ ।
यसरी सम्झौता अनुसार ह्याप्पी आवर प्रालिलाई भाडामा दिएको हल घर खाली गर्न अग्रिम जानकारी गराउदा समेत अटेर गरी हल घर खाली नगरेकाले बाध्य भई उल्लेखित क्षतिपूर्तिका लागी हल घर खाली नगरेमा बन्द गर्नुपर्ने एक मात्र बिकल्प रहेको बिज्ञप्तीमा जानईएको छ । होटल स्नेह प्रालीले सम्बन्धित सरोकारवालालाई सात दिन भित्र भाडामा लिएको हल घर खाली नगरेमा ताला लगाई बन्द गरिने बिज्ञप्ती मार्फत जनाएको छ ।
होटल स्नेह प्रालिले यसबाट असर पुग्ने पक्षलाई हुने क्षतीको सम्बन्धमा यस प्राली जवाफदेही नहुने अवगत गराउदै यस कार्यको लागि स्थानीय उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपालगन्ज उद्योग वाणिज्य संघ, उद्योगी, ब्यबसायी, सम्बन्धित निकाय, नागरिक समाज, पत्रकार सबैमा सहयोगका लागि अनुरोध गरेको छ ।

प्रकाशित मितिः बिहिबार, अशोज २३, २०७६     6:41:42 PM  |