घाइते गाईको कोहलपुरबाट उद्धार

  
  प्रकाशित मितिः बिहिबार, अशोज २३, २०७६       | 100 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिका पिपरीमा सडक दुर्घटनामा गम्भिर घाइते भई दुई सातादेखि छटपटाईरहेको गाईको बिहीवार नेपालगञ्ज उपमहानगरपालिकाको टोलीले उद्धार गरेको छ ।
नेपालगञ्जका मेयर डा. धवलशम्शेर राणाको निर्देशनमा नगर प्रहरी निरीक्षक सुर्य बोगटी, प्रहरी सहायक निरीक्षक विकास गौतम, पशु स्वास्थ्य शाखा प्रमुख लक्ष्मी शाहीसहितको टोलीले गम्भिर घाइते पशुलाई उद्धार गरि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जमा उपचारका लागि पुर्याएको छ ।
उपमहानगरका पशु स्वास्थ्य शाखा प्रमुख शाहीले केन्द्रसँगको सहकार्यमा घाइते गाईको उपचार शुरु गरिएको जानकारी दिए । दुईसाताअघि स्कुटरले ठक्कर दिएपछि गम्भिर घाइते भएका गाई हिँडडुल गर्न नसक्ने अवस्थामा सडक किनारमा बसेका थिए ।
मेयर राणाले घाइते गाई देखेपछि दशैंको विदा सकिएलगत्तै कार्यालय खुलेको पहिलो दिनमा घाइते गाईलाई उद्धार गरि उपचारका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । घाइते गाईसँगै रहेको बाच्छालाई पनि उपमहानगपालिकाको टोलीले उद्धार गरेको छ । गाईको उपचारसँगै आहारको पनि ब्यवस्थापन गरिएको पशु स्वास्थ्य शाखा प्रमुख शाहीले बताए ।

प्रकाशित मितिः बिहिबार, अशोज २३, २०७६     4:50:29 PM  |