यसरी छेडिन्छ नेपालगञ्जको बागेश्वरीमा जिब्रो (फोटो फीचरसहित )

२० आश्विन २०७६, सोमबार १५:३७
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  हिन्दू समुदायको बडा दशैको ९औ दिन अर्थाथ नवमीको दिनमा नेपालगन्जको बागेश्वरी मन्दिरमा यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेड्ने परम्परा छ । चैते दशैमा पनि यसरी नै जिब्रो छेड्ने चलन छ ।
दशै सुरु हुने परेवाको दिनदेखि नै निराहर ब्रत बसेको पुरुषले आफ्नो भाकल पुरा गराउन वा भाकेको कुरा पुरा भएपछि वाक्यकी देवी बागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि नै चलि आएको हिन्दू धर्मगुरु तथा बागेश्वरी मन्दीरका पुरोहित हरिहरनाथ योगीले जानकारी दिए ।
उनले भने–‘मेरो यो काम पुराहोस भनेर भाकल गरेकाहरुको भाकल पुरा भएपछि जिब्रो छेड्ने गरिन्छ तर, भाकल सामाजिक भलो हुने तथा सकारात्मक कुराहरुको हुनु प¥यो अरुलाई हानी हुने खालको भाकल भने पुरा हुनै सक्दैनन । त्यसैले यहाँ जिब्रो छेडेर दर्शन गर्नेहरुको भिड रहन्छ ।’
नवरात्रको ब्रत बसेका ब्रतालुहरु नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातुले (त्रिशुल) छेडेने परम्परा रहेको र हरेक वर्ष करिव १ सय ५० बढि धर्मावलम्बीहरुले जिब्रो छेड्ने गरेकोे जानकारी दिनुभयो । उहाँले जिब्रो छेड्नको लागि भारतबाट समेत आउने गरेको बताउनु भयो ।
बाँके जानकी–३ का राम खेलावनले जिब्रो छेडेर बागश्वरी मन्दीरको परिक्रमा गर्दै दर्शन गर्नुभएको छ । उहाँले आफ्नो परिवारको सुरक्षा तथा यश मोक्षको लागि बिगत ४ बर्षदेखि निरन्तर दशैको रामनवमीमा ब्रत बसेर जिब्रो छेडेको बताउनु भयो ।
नेपालगन्जको बागेश्वरी मन्दीरमा बडा दशै र चैतेदशैमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने चलन छ । निराहार ब्रत बसेर नवमिको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षाहुने, यश र मोक्ष पाईने धार्मिक विश्वास रहेका कारणले गर्दा जिब्रो छेड्ने चलन परा पूर्वकालदेखि नै चल्दै आएको मान्यता छ ।

Next Post

मुख्यमन्त्री पोख्रेलद्वारा दशैंको शुभकामना

२० आश्विन २०७६, सोमबार १५:३७
सदरलाइनडटकम, बुटवल : नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा मुख्यमन्त्री शंकर पोख्रेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, सुस्वास्थ्य समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् । असत्यमाथि सत्यको विजयका रुपमा मनाईने यस पर्वले हरेक नागरिकलाई सत्यको बाटोमा हिँड्न र सकारात्मक सोँचको विकास […]