पार्टीका नेता कार्यकर्तालाई जनताको हितमा काम गर्न मन्त्री राईको निर्देशन

  
  प्रकाशित मितिः आइतवार, अशोज १९, २०७६       | 152 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज  : समाजबादी पार्टीका केन्द्रीय सचिव तथा नेपाल सरकारका शहरी विकास मन्त्री मोहम्मद ईस्यिाक राईले समाजबादी पार्टी बाँकेले आयोजना गरेको शुभकामना कार्यक्रममा आफ्ना नेता तथा कार्यकर्ताहरुलाई जनताको मन जितेर काम गर्न निर्देशन दिएका छन् ।
नेपालीहरुको महान पर्व बिजयादशमी, शुभ दिपावली, छट पर्व २०७६ एवम् ईस्लाम समुदायको नयाँ वर्ष हिजीरी १४४१ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।
उनले आफ्नो पार्टी कार्यकर्तालाई जनताको भाबनामा नैरास्यता आउन नदिन समेत अनुरोध गरे बाँके लगायत देश भर विकासको योजनाहरु सुरु भएको यो बेलामा स्थानीय सरकारसंग समन्वय गरेर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई अनुरोध गरे ।
शुभकामना कार्यक्रममा समाजबादी पार्टी बाँकेका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रम समाजबादी पार्टी बाँकेका अध्यक्ष कमरुद्धिन राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मितिः आइतवार, अशोज १९, २०७६     6:44:28 PM  |