सडक दुर्घटनामा १६ घाइते

  
  प्रकाशित मितिः आइतवार, अशोज १९, २०७६       | 217 Views   ||

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बडा दशै मनाउन काठमाण्डौबाट सुर्खेत जाँदै गरेको यात्रुबाहक बस बाँके र दाङ्गको सीमाना नजिकै राप्तीसोनारी गाउपालिका–१ शिव खोलामा दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले दिएको जानकारी अनुसार आइतबार बिहान ८ः ४५ बजे तिर तीब्र गतिमा रहेको ना ७ ख ६८४१ नंम्बरको सो बस शिव खोलाको पुल तर्ने वित्तिकै सडकबाट २० मिटर तल खसेको हो । सो बसमा ४६ जना यात्रु सवार रहेका थिए ।
घाइतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहपुरमा उपचार भईरहेको र घाइतेको अवस्था खतरामुत्त अवस्था रहेको अस्पताललाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।
सो घटनामा परी घइते हुनेहरुमा झरना बयक, ईन्द्रबहादुर घर्ती, सत्यदेवि शाही, अनन्ता शाही, पारु रावत, निरज लम्साल, दिपक राना, हरीबहादुर राना, नरबहादुर घर्ती, पूर्णबहादुर विक, दानबहादुर सेन ओली, कृष्णबहादुर शाही, माधव शाही, सुमित्रा शाही, विप्लव शाही, वैईसत शाही रहेका छन् । घाइते सबैको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भई रहेको छ ।

प्रकाशित मितिः आइतवार, अशोज १९, २०७६     3:09:25 PM  |