एकलाख १६ हजारबढी रुपैयासहित ईप्रका कोहलपुरले समात्यो १८ जना जुवाडे

  
  प्रकाशित मितिः आइतवार, अशोज १९, २०७६       | 415 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज  :  ईलाका प्रहरी कार्यालय कोहलपुरले दुई भिन्न स्थानको जुवाको खालबाट १ लाख १६ हजारबढी रुपैया, ५ गड्डी ताससहित १८ जना जुवाडे नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले दिएको जानकारी अनुसार बाँके बैजनाथ–४ तीलकराम थारुको घरमा जुवा खेल्दै गरेका ७ जना जुवाडेका साथबाट एक गड्डी तास ९० हजार १ सय ५३ रुपैया नगद बरामद गरेको छ ।
सो जुवाको खालबाट बिरेन्द्र थारु, रामप्रसाद थारु, मेवालाल थारु, तिलक डाँगी, पदम शाही, हरीसिंह ठकुरी, उमेश बुढा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
यसैगरी ईप्रका कोहलपुरको टोलीले शनिबार नै कोहलपुर–५ भागिराम अधिकारीको घरमा जुवा खेल्दै गरेको अवस्थामा अधिकारी सहित ११ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले सो जुवाको खालबाट २६ हजार ४ सय ८५ रुपैयाँ सहित ४ गड्डी तासका साथमा घरभेटी अधिकारी, धनप्रसाद शाही, खेमबहादुर शाही, तेजबहादुर थापा, ज्ञानबहादुर शाही, कृष्णप्रसाद सिंजापती, रविन्द्र शाही, बमबहादुर मल्ल, मोहन शाही, जयकृष्ण उपाध्याय, भविन्द्र शाही रहेका छन् । प्रहरीले आवश्यक अनुसंधान सुरु गरेको जनाएको छ ।

प्रकाशित मितिः आइतवार, अशोज १९, २०७६     2:53:21 PM  |