६४ औ प्रहरी दिवसको अवसरमा रक्तदान

१५ आश्विन २०७६, बुधबार १८:४८
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगन्जले ६४ औ प्रहरी दिवशको अवसर पारेर बडा दशैमा उपचारको लागि आउने विरामीलाई रगतको अभाव हुन नदिने उद्देश्यले बृहद रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
सो कार्यक्रमको कर्णाली प्रदेश संघिय प्रहरी कार्यालय नेपालगन्जका प्रहरी बरिष्ठ उपरीक्षक पोषराज पोख्रेलले उद्दघटन गरेको कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् । सो अवसरमा बोल्दै उनले पर्वको बेलामा हुनसक्ने विभिन्न खालका विरामीलाई उपचारमा सघाउ पुराउनको लागि प्रहरी दिवसको अवसरमा आयोजना गरिएको रक्तदानमा सहभागि सबैलाई धन्यबाद समेत दिए ।
अस्पतालका प्रमुख तथा प्रहरी नायव उपरीक्षक डा. बोध बिक्रम कार्कीले प्रदेश ५ र ६ मा कार्यरत प्रहरी परिवार, सेवा निबृत्त प्रहरी उनका आश्रित परिवारलाई सेवा दिने सो अस्पतालमा दैनिक ५०÷६० जना ओपिडिमा विरामी आउने गरेको जानकारी दिनुभयो । उहाँले दैनिक जनरल चेकअप, डेण्टल, ल्याव, एक्सरे, फिजिओथेरापी, ईमरजेन्सी, फार्मेसी सहितको १५ बेडको अस्पताल सञ्चालनमा रहेको बताए ।
उनले प्रहरी अस्पताल काठमाण्डौले सर्वसाधारणलाई पनि सेवा दिदै आएको र विस्तारै यस अस्पतालबाट पनि सेवा दिने व्यवस्था मिलाउने प्रयास भएको जानकारी दिए । सो अस्पतालमा २ चिकित्सक एक स्टाफ नर्श, स्वास्थ्य प्राविधिसहित ४६ जनाको दरबन्दी भएपनि हाल ४२ जना मात्र कार्यरत रहेका छन् ।

Next Post

बाँकेमा एकसाता अघि नै मनाईयो विश्व हुलाक दिवस

१५ आश्विन २०७६, बुधबार १८:४८
सदरलाइनडटकम, नेपालगञ्ज  :  बाँकेमा १४५औं विश्व हुलाक दिवस मनाइएको छ । जिल्ला हुलाक कार्यालय बाँकेले एक कार्यक्रमको आयोजना गरी विश्व हुलाक दिवस मनाइएको हो । विश्व हुलाक दिवस अक्टोबर ९ तारिखमा पर्ने भएपनि यसपाली त्यस दिन नेपालमा बडा दशैको सार्वजनिक विदा हुने भएकोले एक साता अघि नै दिवस मनाइएको हो […]