सदरलाइनडटकम,
रुकुम पश्चिम : प्रतिबन्धित लागुऔषधसहित रुकुम पश्चिममा एकजना पक्राउ परेका छन् । सानीभेरी गाउँपालिका ५ गोलचौरका ३२ वर्षीय रन्जित खत्रीलाई प्रहरीले पाँच किलो अफिमसहित पक्राउ गरेको हो ।
भाग्न खोजेपछि उनलाई पक्राउ गर्न प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको थियो । बाँफीकोट गाउँपालिकाको मग्मा, नदुवालगायत विभिन्न वडामा अवैध लागूऔषध ओसारपसार तथा बिक्री भइरहेको सूचनाको आधारमा प्रहरीले उनलाई नदुवाबाट पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले चार किलो ९०० ग्राम अफिम र तराजुलगायतका सामग्री बरामद भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए । खत्रीलाई प्रहरी हिरासत कक्षमा राखी थप अनुसन्धान भईहेको प्रहरीले बताएको छ ।
