नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा

१३ आश्विन २०७६, सोमबार १५:५९
 

सदरलाइनडटकम,
काठमाण्डौ : नेपाल सोमवारबाट खुला दिसामुक्त राष्ट्र घोषणा भएको छ । दक्षिण एशियाका राष्ट्रहरुमध्ये खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा नेपाल पहिलो भएको छ । राष्ट्रियसभा गृहमा सोमवार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन् ।
कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालका लागि ऐतिहासिक पहल भएको बताउनुभयो । कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले यसै आर्थिक वर्ष्भित्र नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने सरकारको नीति तथा कार्यक्रम र लक्ष्य पुरा भएको बताइन् । मन्त्री मगरले २०६८ सालमा शुरु भएको सरसफाई गुरुयोजनासँगै खुला दिसामुक्त क्षेत्र घोषणा अभियानले व्यापकता पाउँदै नेपालनै खुला दिसामुक्त राष्ट्र हुन पुगेकोमा खुशी व्यक्त गरिन् ।
घोषणा कार्यक्रममा मन्त्री मोहम्मद इस्तियाक राई, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव, प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेललगायतले नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेर सरकारले उदाहरणीय काम गरेको बताए । अहिले नेपालका करीब सबै घरधुरीहरुमा सरसफाइको आधारभूत सुविधा एवं शौचालयको पहुँच पुगेको छ ।
सरकारले वि स २०६८ सालबाट हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्नशसुरु गरेको थियो । सोही अभियान अन्तरगत सबैभन्दा पहिला कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । देशका कूल ५६ लाख ६० हजार २ सय १४ घरधुरीहरुमा शौचालयहरु बनिसकेका छन् ।

Next Post

बस खोलामा खस्दा दुईको मृत्यु

१३ आश्विन २०७६, सोमबार १५:५९
सदरलाइनडटकम, रोल्पा : बस दुर्घटना हुँदा रोल्पामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको रुइनिबाङ बजारको जीप पार्कमा फर्काउने क्रममा ब्याक गर्दा ग १ ख ५५३७ नम्बरको बस लुङ्ग्री खोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा लुङ्ग्री गाउँपालिका–३ का २२ वर्षीय चालक यामलाल घर्ती र लुङ्ग्री गाउँपालिका–२ का १८ वर्षीय […]