नेपालगञ्ज बहुमुखी क्याम्पसको विजयी शुरुवात

  
  प्रकाशित मितिः आइतवार, अशोज १२, २०७६       | 165 Views   ||

सदरलाइनडटकम,
खजुरा (बाँके)  : बाँकेको खजुरा गाउँपालिका–२ गौघाटमा सुरु भएको नेपाल आईस प्रथम योगिनी कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालगञ्ज बहुमुखी क्याम्पस (एनएमसी) विजयी भएको छ ।
एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै दोस्रो हाफमा थपिएको अतिरिक्त समयमा विशाल थापाले गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए । यसअघि खेलको ६० औं मिनेटमा आयोजक योगिनी–एघार ‘ए’ टिमका साजन थापाले दुई विपक्षी रक्षकलाई बिट गर्दै गोलको खाता खोलेका थिए ।
निर्धारित ७० मिनेटको समयसम्म दुबै टोलीले एक–एकको बराबरी खेलेपछि एन्फा रेफ्री तारा शाहीले सिधै ट्राईब्रेकरबाट नतीजा छिनोफानोको लागि संकेत गरेका थिए ।
ट्राईब्रेकरमा आयोजक टिमका कमल रावत, रमेश शाही र रोहित खड्काको प्रहार गोलमा परिणत भएको थियो । साजन थापामगर र गौरब थापामगरले पेनाल्टी खेर फालेका थिए । एनएमसीका लागि मनोज ओली, जीवन तामाङ र विशाल थापाले गोल गर्न सफल भए । सन्तोष सोनीको प्रहार योगिनीका गोलकिपरले रोक्न सफल भए । एनएमसीले आयोजक टोलीमाथि ट्राईब्रेकरमा ४–३ को नतीजा निकाल्दै जित हात पारेको हो ।
आजको खेलमा एनएमसीका विशाल थापा म्यान अफ दी म्याच घोषित भएका थिए । उनलाई खजुरा गाउँपलिकाका प्रशासकीय अधिकृत बमबहादुर केसी र भेट्रान खेलाडी सुनिल शाहीले सयुक्त रुपमा नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।
यसैबीच आईतबार (आज) पहिलो खेल चन्द्रज्योति युवा क्लब र युथ युनियन क्लबको बीच हुनेछ । त्यसैगरी दोस्रो खेल युगिनी–एघार ‘बी’ टिम र न्यूँ डाँफे स्पोर्टस क्लबबीच हुने प्रतियोगिताका संयोजक तरिन्द्र थापाले जानकारी गराए ।
यसै बीच प्रतियोगिता उद्घाटनपूर्व सम्पन्न मैत्रीपूर्ण खेलमा पत्रकार महिला फुटबल समूह र उद्यमी महिला फुटबल समूहबीच भएको खेलमा पत्रकार समूह विजयी भएको थियो ।
प्रमुख अतिथि प्रतिनिधि सभाका सभासद् नन्दलाल रोकायले यस योगिनी कप फुटबल प्रतियोगिता गौघाटको मात्र गौरब नभएर सम्पूर्ण बाँकेवासीको गौरब हुन सकोस् भन्ने शुभेच्छा व्यक्त गरे । फुटबल खेलले युवा पिढीलाई राम्रो काममा लाग्न प्रेरणा प्रदान गर्ने र अन्ततः युवाहरुले खेलेरै देशलाई चिनाउने वातावरण सृजना गर्दछ । आपूmलाई र देशलाई चिनाउने खेलले ठूलो भूमिका खेलेको हुन्छ । यस्तो पवित्र कार्यमा योगिनी कपका आयोजकले देखाएको अग्रसरतालाई आप्mनो पनि सक्दो सहयोग हुने उनले प्रतिबद्धता गरे ।
असोज ११ गतेदेखि १७ गतेसम्म संचालन हुने यस प्रतियोगितामा बाँके र बर्दियाका गरी ८ टिमले नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले २५ हजार, सर्वोत्कृष्ट खेलाडीले १० हजार, र विधागत रुपमा उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्स, मिडफिल्डर र फरवार्डल समान रुपमा ५ हजार रुपैयाँ, ट्रफी , मेडल, प्रमाणपत्र र पुरस्कार पाउने आयोजक संस्था सहयोगी आवाज (हिप) नेपालले जानकारी गराएको छ ।

प्रकाशित मितिः आइतवार, अशोज १२, २०७६     9:28:40 AM  |