कैलालीमा बाल उद्यान सञ्चालन

११ आश्विन २०७६, शनिबार १६:५९
 

सदरलाइनडटकम,
कैलाली : तीन करोडको लगानीमा धनगढी उप–महानगरपालिका वडा नम्बर २ मा बाल उद्यान सञ्चालन गरिएको छ । दुई वर्ष पहिले सञ्चालनमा आएको फन–पार्क भित्रै बाल उद्यान शुरु गरिएको हो । शनिवार आयोजित पत्रकार सम्मेलनमा केही दिनमै बाल उद्यानको औपचारिक उद्घाटन गरिने सञ्चालक श्याम विष्टले जानकारी दिए ।
बाल उद्यानको औपचारिक उद्घाटन असोज १७ गते गर्ने तयारी गरिएको उनले बताए । फन–पार्क भित्रै बाल उद्यान सञ्चालन भएपछि धनगढीमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि हुने अपेक्षा गरिएको अर्का सञ्चालक धर्मपाल सिंह रावतले बताए । १५ करोड बढी लगानीमा २०७५ साल वैशाख १४ गते फन–पार्क सञ्चालनमा आएको थियो । यहाँ आउने मध्ये ७५ प्रतिशत भारतीय पर्यटक रहेको उनले जानकारी दिए ।
फन–पार्कमा भारतको पलिया, साजनपुर, पिलिभित, लखनऊ, कानपुर लगायतका सहरहरूबाट पर्यटकहरू आउने गरेको सञ्चालक विष्टले जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक यति ठूलो लगानीमा शुरु गर्न लागिएको बाल उद्यानमा ड्यासिङ कार, डुङ्गा, रोटेपिङ, चर्का, ब्रेक डान्स लगायत रहेका छन् । बाल उद्यानको औपचारिक उद्घाटन असोज १७ गते गर्ने तयारी गरिएको छ ।
उद्घाटनको दिन प्रवेश निःशुल्क व्यवस्था गरिएपनि १८ गतेदेखि प्रतिव्यक्ति ५० रुपैयाँ प्रवेश शुल्क लाग्ने विष्टले जानकारी दिए । सरकारले महत्वकांक्षीका रूपमा आगामी वर्षलाई भ्रमण वर्षको रूपमा मनाइरहेका बेला निजी क्षेत्रबाट भएका यस्ता प्रयासहरूले भ्रमण वर्ष सफल बनाउन ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।

Next Post

लागुऔषधसहित तीन जना पक्राउ

११ आश्विन २०७६, शनिबार १६:५९
सदरलाइनडटकम, दाङ : प्रतिबन्धित लागुऔषध अफिमसहित सल्यानमा तीन जना पक्राउ परेका छन् । ८ सय ८४ ग्राम लागुऔषध अफिमसहित दाङ र रुकुमका तीन जना पक्राउ परका हुन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहागनरपालिका १२ का १८ बर्षीय प्रेम पुन, रुकुमको बाँफीकोट गाउँपालिका ९ बस्ने २० बर्षका कमल विष्टमगर र आठविसकोट नगरपालिका […]

सम्बन्धित