प्रदेश पाँचमा पर्यटकको संख्यामा बृद्धि

१० आश्विन २०७६, शुक्रबार १६:४०
 

सदरलाइनडटकम,
बुटवल : प्रदेश नं. ५ मा पर्यटकको संख्यामा बृद्धि भएको छ । लुम्बिनीलाई केन्द्रमा राखेर सङ्घ र प्रदेश सरकारले विभिन्न पर्यटकीय योजनाहरुको कार्यान्वयन गरेसँगै पर्यटकको संख्यामा बृद्धि भएको हो । प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ सँगै नेपाल भ्रमण वर्ष २०२० को तयारीका लागि विभिन्न गतिविधिहरु शुरु भएका छन् ।
लुम्बिनी आउने पर्यटक २० लाख पु¥याउने लक्ष्यसहित सञ्चालन गरिएको लुम्बिनी भ्रमण वर्ष सफल पार्न प्रदेश सरकारले हरेक महीना यहाँका बौद्ध गन्तव्यहरुमा दीप प्रज्जवलन, साँस्कृतिक झाँकीहरुको प्रदर्शनीगायतका कार्यक्रमहरु गर्दैआएको छ । त्यसबाहेक लुम्बिनी, तिलौराकोट, देवदह र रामग्राममा हरेक पूर्णिमाको साँझ पूर्णिमा उत्सवका कार्यक्रम गर्न प्रदेश सरकारले आव्हान गरेको छ ।
लुम्बिनी भ्रमण वर्षको सन्दर्भ पारेर प्रदेश ५ का महत्वपूर्ण गन्तव्यहरु प्युठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपा देउराली, गुल्मीको रिडी र रेसुङ्गा, रोल्पाको जलजला र थवाङ, पाल्पाको रानीमहल, दाङको धारापानी र रिहार, बाँकेको बागेश्वरी र बर्दिया राष्ट्रिय निकुञ्जको प्रचारप्रसार तथा प्रवद्र्धनका कार्यक्रम बनाइएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बताए ।
उनका अनुसार भ्रमण वर्षको सन्दर्भ पारेर लुम्बिनीसहितका बौद्ध गन्तव्यहरुको जानकारीका लागि ब्रोसर तथा प्रदेश ५ का सबै पर्यटकीय क्षेत्रहरुलाई समेटेर पर्यटन गाइड बुक प्रकाशन गरिएका छन् । त्यसबाहेक भ्रमण वर्ष अवधिभर १२ वटै जिल्लाका पर्यटकीय गन्तव्यहरुमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने प्रदेश सरकारको योजना छ ।

Next Post

भान्जी बलात्कारको आरोप मामा पक्राउ

१० आश्विन २०७६, शुक्रबार १६:४०
सदरलाइनडटकम, बझाङ : भान्जीलाई बलात्कार गरेको आरोपमा बझाङमा मामा पक्राउ परेका छन् । मामाघरमा बस्दै आएकी भान्जीलाई केही वर्ष अघिदेखिनै मामाले बलात्कार गर्दै आएको खुल्न आएको जिल्ला प्रहरी बझाङले जनाएको छ । पालन पोषण गर्ने र पढाइ दिनेभन्दै घरमा राखेकी भान्जीलाई केही वर्षदेखिनै उनले पटक–पटक बलात्कार गर्ने गरेको खुल्न आएको […]