बाँकेले उचाल्यो क्वीक्स कप

१० आश्विन २०७६, शुक्रबार १३:३८
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  नेपालगञ्जमा जारीे प्रदेश स्तरीय क्वीक्स कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगितामा बाँके प्रथम भएको छ । सो प्रतियोगितामा तीन जिल्ला सम्मिलित रहेका थिए ।
दाङको फातिमा इंगलिस बोर्डिङ स्कूललाई २–० गोलले पराजित गर्दै बाँकेको जनज्योती मावि प्रथम भएको हो । बाँके, बर्दिया र दाङ सम्मिलित टोलीबाट प्रथम भएको बाँकेले अब काठमाडौंमा हुने क्वीक्स कप अन्तर विद्यालय प्रतियोगितामा सहभागिता जनाउने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए ।
बर्दियासँग बराबरी खेलेका बाँके र दाङलाई शुक्रबार जित्नै पर्ने दबाब थियो । बाजी बाँकेले मा¥यो । बाँकेले २–० गोलको सहज जित निकालेर काठमाडौंको यात्रा पक्का ग¥यो । बाँकेबाट दिलसरा रानाले २५ र मोनिका घर्तिले ५९ मिनेटमा गोल गरेका थिए ।
जिल्लामा सञ्चालन गरिएको प्रतियोगिताको विजेताले प्रदेशमा प्रतिनिधित्व गरेका थिए । प्रदेशबाट दुई वटा टीम काठमाडौंका लागि छनौट हुने संघका अध्यक्ष शाहीले बताए । नेपालगञ्जबाट बाँकेको टीम छनौट भएको छ । प्रदेश ५ कै अर्को टीमको छनौट बुटवलबाट हुनेछ । त्यहाँ पनि केही जिल्लाले प्रतिस्पर्धा गरेका छन् ।
काठमाडौंका लागि छनौट भएको बाँकेले पहिलो खेल बर्दियासँग एक÷एक गोलको बराबरी खेलेको थियो । अर्को खेलमा दाङ र बर्दियाको दुई÷दुई गोल भएको थियो । अपराजित रहेपनि बर्दियाको दुई अंकमात्रै भयो । दाङको एक अंक रह्यो । बाँके चार अंकका साथ प्रथम भयो । बाँकेको जनज्योती मावि जिल्लामा आठ वटा टीमको प्रतिस्पर्धामा प्रथम हुँदै प्रदेशमा पुगेको थियो । कोहलपुरको जनज्योती स्कूल खेलकुदमा लगानी गर्ने स्कूलमध्येमा पर्छ ।

Next Post

प्रदेश पाँचमा पर्यटकको संख्यामा बृद्धि

१० आश्विन २०७६, शुक्रबार १३:३८
सदरलाइनडटकम, बुटवल : प्रदेश नं. ५ मा पर्यटकको संख्यामा बृद्धि भएको छ । लुम्बिनीलाई केन्द्रमा राखेर सङ्घ र प्रदेश सरकारले विभिन्न पर्यटकीय योजनाहरुको कार्यान्वयन गरेसँगै पर्यटकको संख्यामा बृद्धि भएको हो । प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ सँगै नेपाल भ्रमण वर्ष २०२० को तयारीका लागि विभिन्न गतिविधिहरु शुरु […]