काँग्रेसको दोस्रो चरणको जागरण सम्पन्न

  
  प्रकाशित मितिः मङ्लबार, अशोज ७, २०७६       | 134 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज :  नेपाली काँग्रेसले गत भदौ २४ गतेदेखि थालेको दोस्रो चरणको जागरण अभियान सकिएको छ । ७७ वटै जिल्लामा मंगलबार काँग्रेस नेताहरुले सरकारको विरोधमा विभिन्न कार्यक्रम गर्दै दोस्रो चरणको जागरण अभियानको समापन गरेका हुन ।
बाँकेमा पनि जागरण अभियानमा जागरण सभालाई सम्वोधन गर्ने वक्ताहरुले बाँकेको सीतापुर घटनाको निन्दा गरेका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेस सचेतक पुष्पा भुसालले वर्तमान सरकार तानाशाही बनेको भन्दै आक्रोस पोखिन ।
उनले सीतापुर घटनाको निन्दा गर्दै घटनामा संलग्नहरुलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन माग गरिन। नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाको सभापतित्वमा भएको सभामा जागरण कार्यक्रमका केन्द्रीय प्रतिनिधि विद्या खनाल, मालती सोडारी, मोहनसिंह राठोर, पूर्व पार्टी सभापतिको तर्फबाट युवराज शर्मा, क्षेत्रीय सभापति नाकी खा , नेविसंघ बाँकेका अध्यक्ष पूर्णप्रसाद आचार्य लगायतले सम्वोधन गरेका थिए ।
यसअघिका दिनमा काँग्रेसले कार्यकर्तालाई जागरुक गराउनेदेखि सुभेच्छुक मतदाताहरुलाई भेट्ने काम गरेको छ भने अन्तिम दिन सरकारको बिरोध गर्दै विभिन्न कार्यक्रम गरेको हो ।
काँग्रेसले सरकारको अप्रजातान्त्रिक गतिविधि, अलोकतान्त्रिक व्यवहार, भ्रष्टाचार, कुशासन लगायतको भण्डाफोर गरेको छ । सभा अघि पार्टी कार्यालयबाट सुरु भएको ¥यालीले नगर परिक्रमा गरेको थियो ।

प्रकाशित मितिः मङ्लबार, अशोज ७, २०७६     7:18:49 PM  |