बसपार्कको अवस्थाबारे उपमहानगरद्वारा अनुगमन

७ आश्विन २०७६, मंगलवार १८:३३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : एक साताभित्र सञ्चालन गर्ने तयारी गरिएको नेपालगञ्ज बसपार्कको मंगलवार उपमहानगरपालिकाको टोलीले स्थलगत अनुगमन गरि जानकारी लिएको छ । बसपार्कमा हाल उपभोक्ता समितिमार्फत अन्तिमचरणको काम भईरहेको छ । कार्यबाहक नगर मेयर कैफुल बरा जोलाहको नेतृत्वमा कार्यपालिका सदस्य देउमल सुनार र कौशलकुमार धोवीसहितको टोलीले बसपार्कमा भईरहेको कामको जानकारी लिएको हो ।
टोलीले बसपार्कभित्र रहेको मन्दिरको रंगरोगन तथा शौचालय सरसफाईका लागि सम्वद्धहरुलाई निर्देशनसमेत दिएको छ । बसपार्क निर्माणका लागि १४ करोड ९४ लाखमा निर्माण सम्झौता भएको हो । अन्तिमचरणमा उपभोक्ता समितिमार्फत करीब ३६ लाखको लागतमा अन्तिमचरणको कार्य भईरहेको छ ।



यसैगरी कार्यवाहक मेयर जोलाह नेतृत्वको टोलीले मंगलवारनै वाटरपार्कको पनि अनुगमन गरि जानकारी लिएको छ । स्थलगत अनूगमनपछि जोलाहले बसपार्क अत्याधुनिक निर्माण भएको भन्दै यसको सहि सदुपयोगका लागि सम्पूर्ण यातायात ब्यवसायीलगायत सबैमा आग्रह गरिएको बताए । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा र उपमेयर उमा थापा मगरको अनुपस्थितीमा वडा नम्बर ५ का अध्यक्ष जोलाहले शुक्रवारसम्मका लागि कार्यबाहक मेयरको जिम्मेवारी पाएका हुन् ।

Next Post

संघीयताबिरुद्ध भ्रम छरिँदै छ : मुख्यमन्त्री पोखरेल

७ आश्विन २०७६, मंगलवार १८:३३
सदरलाइनडटकम, दाङ : प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले अहिले जनतामा निराशा पैदा गर्ने कार्य भईरहेको बताएका छन् । तुलसीपुरमा मंगलवार भएको नेपाल हेभि ईक्युपमेन्ट अपरेटर संघ प्रदेश नं. ५ स्तरीय भेलालाई सम्वोधन गर्दै मुख्यमन्त्री पोखरेलले अहिले संघीयताबिरुद्ध जनतामा भ्रम छरेर राजनीति गर्न खोजिएको भन्दै यसरी भ्रम छरेर नेता […]