असोज पन्ध्रमै नेपालगञ्ज बसपार्कको उद्घाटन हुने

५ आश्विन २०७६, आईतवार १७:५५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : घटनस्थापनाको दिनदेखि नेपालगञ्जको बसपार्क सञ्चालनमा आउने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाको अध्यक्षतामा आइतवार बसेको बस सञ्चालक समिति प्रालि र सरोकारवाला निकायको बैठकले १५ गते वसपार्कको उद्घाटन हुने भएकाले असोज १२ गतेदेखि सम्पूर्ण बसहरु वसपार्कभित्र अनिवार्य प्रवेश गराउने निर्णय गरेको हो ।
यसैगरी बैठकले वसपार्क सञ्चालन भएपछि नगर वस वाहेकका सम्पूर्ण वसहरु वसपार्कबाटै छुट्ने गरि व्यवस्थापन गर्ने निर्णय गरेको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघ बाँकेको संयोजनमा ३ दिनभित्र काउण्टरको बाडफाडसहित सवै समिति र प्रालिको एकएक जना प्रतिनिधित्व हुने गरि खाकासहित प्रतिवेदन पेश गर्न अनुरोध गरेको उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले बताइन् ।
बैठकले वसपार्कको सुरक्षाका लागि सिसि क्यामरा, सुरक्षा काउण्टरलगायत अन्य भौतिक पूर्वाधार तयार गर्ने निर्णय गरेको छ । बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरी प्रमुख वीरबहादुर वलीलगायतको उपस्थिती रहेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताए ।

Next Post

नेपालगञ्जमा दुई सार्वजनिक शौचालय सञ्चालित

५ आश्विन २०७६, आईतवार १७:५५
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा नयाँ निर्माण गरिएका सार्वजनिक शौचालय आइतवारदेखि सञ्चालनमा आएका छन् । भेरी अस्पताल अगाडी र जिल्ला सहकारी संघको अगाडी निर्माण गरिएका सार्वजनिक शौचालयको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा र उपमेयर उमा थापा मगर संयुक्तरुपमा उद्घाटन गरे । नेदरल्याण्ड विकास नियोगको स्वास्थ्य विकासका लागि नगर सरसफाई योजनाअन्तर्गत […]

सम्बन्धित