साउदी अरेबियामा सेना पठाउने अमेरिकाको घोषणा

४ आश्विन २०७६, शनिबार १६:०४
 

सदरलाइनडटकम,
काठमाण्डौ : दुई साताअघि तेल प्रसोधन केन्द्रमा हमला भएपछि अमेरिकाले साउदी अरेबियामा सेना पठाउने घोषणा गरेको छ । रक्षात्मक प्रयोजनका लागि सेना पठाउन लागेको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताए । तेल प्रशोधन केन्द्रमा भएको हमलाको इरान समर्थित हुथी विद्रोहीले आक्रमणको जिम्मा लिइसकेका छन् ।
तर अमेरिका र साउदीले आक्रमणमा इरानको संलग्नता रहेको आशंका गर्दै आएका छन् । गत शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रतिवन्ध लगाइएको घोषणा गरेका थिए । अमेरिकी सेनाले साउदी सेनासँग सहकार्य गरेर हवाई तथा मिसाइल सुरक्षा प्रणालीलाई बलियो बनाउने बताइएको छ ।
सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका अबकेक र खुराइसमा रहेका दुई प्रशोधन केन्द्रमा गएको दुई साता अघि १८ वटा ड्रोन तथा सातवटा क्रुज मिसाइल आक्रमण भएको साउदी अरेबियाको रक्षा मन्त्रालयले जनाएको छ । आक्रमणलगत्तैसाउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेको छ । साउदी पठाउने सैनिकको संख्या भने खुलाइएको छैन ।
(एजेन्सी)

Next Post

एक लाखसहित दाङमा आठ जुवाडे पक्राउ

४ आश्विन २०७६, शनिबार १६:०४
सदरलाइनडटकम, दाङ : जुवाको खालबाट झण्डै एक लाख रुपैयाँ नगदसहित दाङ प्रहरीेले ८ जुवाडेलाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५, बसपार्कमा रहेको सल्यानी होटलमा जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला सल्यान घर भएर हाल तुलसीपुरमा सल्यानी होटल […]