प्रहरीको सहयोगमा भारतबाट दैनिक कुखुरा भित्रिदै नेपाली उत्पादक मारमा

४ आश्विन २०७६, शनिबार १३:३४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : खुला सिमानाका कारण भारतबाट बोईलर कुखुरा नेपालगञ्ज भित्रिदा नेपाली कुखुरा पालक किसान मर्कामा परेको गुनासो गरेका छन् ।
कुखुरा तस्करहरुले पर्वलाई लक्षित गरी भरातबाट बोईलर कुखुरा विभिन्न नाका हुँदै साईकल, मोटरसाईकलमा राखेर नेपालगञ्ज ल्याउदा नियन्त्रण गर्ने निकायले चासो नदिको नेपाली कुखुरा व्यावसायी किसानको गुनासो छ ।
नेपालगञ्ज– १७ का एक कुखुरापालक किसान आफ्नो परिचय नखुलाउने सर्तमा भन्छन्–‘नेपालमा उत्पादन गरिएका कुखुरा भन्दा भारतमा उत्पादित कुखुरा सस्तो तथा बढी तौल र मुल्य पनि सस्तो हुने भएकोले तस्करहरु सक्रिय भएका हुन । भारतमा उत्पादन गरिएका कुखुरा हार्मोनको ईन्जेक्सन लगाएर २५ दिनमै ३ किलो हुने यता ४५ दिन पाल्दा पनि २ किलो हुन कठिन हुन्छ ।’ हारमोन तथा भिटामिन बढी प्रयोग गरी उत्पादन भएका कुखुराको मासु खान मानव स्वास्थ्यमा समेत असर पर्ने चिकित्सकको राय छ ।
उनले भारतमा जिउदो १२० प्रति किलो यता २२० पर्ने भएको कारण तस्करी बढेको उनी बताउछन् । ‘हामीले तस्करी रोकीदिनु पर्यो भनेर प्रहरी प्रशाशनमा हार गुहार गर्दा प्रहरी प्रशासनबाटै तस्करलाई सुचना लिक गरी उल्टो हामीलाई नै धम्काउन लगाईन्छ’– उनले निरास हुँदै भने–‘सबै अड्डाका घुमुवाले नै तस्करलाई सुचना दिएर तस्करी गराएपछि हाम्रो लगानीको सुरक्षा कस्ले गरिदिने ।’
उनले हरेक दिन मोटरसाईकलमा बोरा, क्रेट र साईकलमा राखेर डेढसय क्वीन्टल भारतमा उत्पादन भएको कुखुरा नेपालगन्ज भित्रिने र त्यो कुखुरा नेपालगन्ज लगायत अन्य ठाँउहरुमा पनि पठाईने गरेको दाबी गरे ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौला कुखुरा आयातमा प्रतिबन्ध भए पनि आफुहरु छड्के गस्तीमा जाँदा समेत तस्करीको कुनै पनि बस्तु फेला नपर्ने गरेको बताउछन् । उनले भने–‘हामी कार्यालयबाट निस्कने बित्तिकै सूचना लिक भएर हो वा के हो छड्के गस्तीमा जाँदा केही पनि भेटिदैन ।’
यसैबीच जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक शिव सिंहले भारतबाट नेपालतर्फ कुखुरा तस्करी हाल नभएको दाबी गरे । उनले भने–‘ हामीले भारतबाट नेपाल ल्याउन लागेका पन्छी तथा पन्छीजन्य उत्पादन रोक्ने गरेका छौ । कही कतै लुकाई छिपाई ल्याईने गरेको भए त्यसलाई समेत रोकिने छ ।’

Next Post

मोटरलाइकलको ठक्करबाट युवतीको मृत्यु

४ आश्विन २०७६, शनिबार १३:३४
सदरलाइनडटकम, नेपालगञ्ज : मोटरसाइकलको ठक्कबरबाट नेपालगञ्जमा एक युवतीको मृत्यु भएको छ । नर्सिङ होम अगाडी शनिवार विहान १० बजे मोटरसाइकलको ठक्करबाट दाङको गढवा ७ बस्ने २२ बर्षीया सीता चौधरीको मृत्यु भएको हो । स्पेलेन्डर मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी युवतीको नर्सिङ होम लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ […]