बागेश्वरी मन्दिरको आयव्यय सार्वजनिक

४ आश्विन २०७६, शनिबार १३:१६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जस्थित वागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिले शनिवार मन्दिरको समग्र अवस्था सार्वजनिक गरेको छ । कार्यक्रममा मन्दिरको सम्पत्ति र आयव्यय विवरणसहित भेटीसमेत सार्वजनिक गरेको हो । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाको अध्यक्षतामा समिति गठन भएको दुई बर्षपछि आर्थिक पारदर्शिताका सवालमा महत्वपूर्ण निर्णय भएको हो ।
दुईवर्ष पहिले विद्युत महशुल १७ लाख रुपैयाँ बुझाउन नसकेको समितिले दुईवर्षको वीचमा विद्युत महशुल बुझाएर १२ लाख फिक्स डिपोजिटबाहेक २१ लाख रुपैयाँ बैंकमा जम्मा भएको समितिका अध्यक्ष राणाले जानकारी दिए । लामो समयपछि मन्दिरको आयव्ययसँगै सम्पत्ति विवरण सार्वजनिक भएपछि मन्दिरको पारदर्शिताको सन्दर्भमा महत्वपूर्ण उपलब्धी भएको नागरिक समाजका अगुवाको भनाई छ ।
समितिका सचिव गोपालप्रसाद अधिकारीले सन्ध्याकालिन आरती नियमित सञ्चालनका लागि तयारी भईरहेको जानकारी दिए । समितिले वागेश्वरीको नाममा भएको जग्गासमेत सार्वजनिक गरेको छ । साविक इन्द्रपुर गाविसमा रहेको ८४ विघा जग्गा रैतान नम्बरी कायम भई ३०० बढिको नाममा नामसारी भएको समितिका सदस्य नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले बताइन् ।
मन्दिरको चलअचल सम्पत्ति खोजबीन तथा संरक्षण उपसमितिका संयोजक थापाका अनुसार हाल खजुराखुर्दमा मन्दिरको नाममा ३ विघा १६ कठ्ठा र परसपुरमा ३ कठ्ठा १ धुर जग्गा देखिएको छ । मन्दिर रहेको स्थानमा एक विघा १८ कठ्ठा जग्गा रहेको छ । कार्यक्रममा प्रदेशसभा सदस्य आईपी खरेल र कृष्ण केसी, गुठी संस्थानका अध्यक्ष मिनराज चौधरीलगायतले सुझाव दिएका थिए ।

Next Post

प्रहरीको सहयोगमा भारतबाट दैनिक कुखुरा भित्रिदै नेपाली उत्पादक मारमा

४ आश्विन २०७६, शनिबार १३:१६
सदरलाइनडटकम, नेपालगञ्ज : खुला सिमानाका कारण भारतबाट बोईलर कुखुरा नेपालगञ्ज भित्रिदा नेपाली कुखुरा पालक किसान मर्कामा परेको गुनासो गरेका छन् । कुखुरा तस्करहरुले पर्वलाई लक्षित गरी भरातबाट बोईलर कुखुरा विभिन्न नाका हुँदै साईकल, मोटरसाईकलमा राखेर नेपालगञ्ज ल्याउदा नियन्त्रण गर्ने निकायले चासो नदिको नेपाली कुखुरा व्यावसायी किसानको गुनासो छ । नेपालगञ्ज– […]