संविधान दिवसमा खजुरामा विद्यालयस्तरीय हाजिरीजवाफ र सरसफाई

  
  प्रकाशित मितिः बिहिबार, अशोज २, २०७६       | 159 Views   ||

सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिका शिक्षा शाखाको आयोजनामा चौथो संविधान दिवसको अवसर पारेर विहीवार खजुरामा माविस्तरीय हाजिरी जवाफ प्रतियोगिता संचालन गरिएको छ ।
जनता नमूना माविमा भएको हाजिरी जवाफ प्रतियोगितामा जेनिथ मावि खजुरा प्रथम, नेरा मावि मनकामनापुर द्वितिय, धुव्रतारा विद्या मन्दिर तृतीय र जनसेवा मावि गिजरा चौथो भएका छन् ।
खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीका अनुसार ८० प्रतिशत संविधानबारे र बाँकी २० प्रतिशत बाह्य ज्ञान बारे हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो ।
प्रतियोगितामा खजुरा क्षेत्रका २२ माविमध्ये १६ विद्यालयले सहभागी जनाएको प्रमुख बलमे बताए । उनले प्रथम पुरस्कार १२ हजार, द्वितिय पुरस्कार ९ हजार, तृतीय पुरस्कार ६ हजार र सान्त्वना पुरस्कार ३  हजार व्यवस्था गरिएको र सो पुरस्कार संविधान दिवस मनाउने क्रममा वितरण गरिने जनाए ।
कार्यक्रममा खजुरा गाउँपालिका उपप्रमुख एकमाया विक, वडा नं. २ का अध्यक्ष देविलाल खनाल, वडा नं. ३ का अध्यक्ष कान्तुराम गौतम, शिक्षा समिति सदसयहरु, प्रअलगायतको सहभागिता रहेको थियो ।
यसैबीच संविधान दिवसको अवसरमा खजुरा क्षेत्रका विद्यालयहरुमा बृहद सरसफाई कार्यक्रमको आयोजना गरिएको छ ।

प्रकाशित मितिः बिहिबार, अशोज २, २०७६     6:24:44 PM  |