नेपालगञ्जमा साइकल दौड प्रतियोगिता हुने

२ आश्विन २०७६, बिहीबार १७:११
 

सदरलाइनडटकम,
नेपालगञ्ज : संविधान दिवसका अवसरमा नेपालगञ्ज साइक्लिङ्ग क्लबले साइकल दौड प्रतियोगिता गर्ने भएको छ । दिवसका अवसरमा शुक्रवार साइकल दौड प्रतियोगिता गर्न लागिएको आयोजक क्लबका सचिव गगनसिह थापाले बताए ।
देशभर संविधान दिवस भब्य रूपमा मनाउन सरकारले समेत अपिल गरिरहेको सन्दर्भमा साइकल दौड प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिताले राष्ट्रीय उत्सवसँगै साइकल अभियानलाई समेत टेवा पुर्याउने क्लबले बिश्वास लिएको उपाध्यक्ष लवराज श्रेष्ठले बताए ।
उपाध्यक्ष श्रेष् का अनुसार ३५ बर्षभन्दा माथिको मास्टर तह र ३५ बर्ष मुनि इलाइट तह गरि दुई तहमा हुने प्रतियोगितामा १०० बढीको सहभागिता रहने छ भने डुडुवा गाउँपालिकाले सहकार्य गरेको छ ।
साइकल अभियानमा सक्रीय नेपालगञ्ज साइक्लिङ्ग क्लबले मेयर कप साइकल दौडको २ सिरिज, सद्भाव डटकम टुर दि ठाकुरद्वारा जस्ता महत्वपूर्ण कार्यक्रम गरिसकेको छ भने यसैबर्ष नेपालगञ्जदेखि रारातालसम्मको साइकल दौड प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको क्लबका सदस्य सतिश निरौलाले बताए ।

Next Post

प्रदेश राजधानी यसैवर्ष टुंगो लाग्छ : मुख्यमन्त्री पोख्रेल

२ आश्विन २०७६, बिहीबार १७:११
सदरलाइनडटकम, अर्घाखाँची : प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले यसै वर्ष प्रदेशको नामांकरण र राजधानीको टुंगो लाग्ने बताएका छन् । निर्वाचन भएको लामो समयसम्म पनि नामांकरण र केन्द्रको टुंगो लगाउन नसकेको आरोप खेपिरहेका मुख्यमन्त्री पोख्रेलले यसै वर्ष नै नाम र केन्द्र टुंगाउने बताएका हुन् । सबैलाई चित्त बुझ्दो ठाउँ […]