एसपिएस मेजर्स सम्बन्धित सरोकारवाला बीच नेपालगञ्जमा छलफल

२ आश्विन २०७६, बिहीबार १०:३३
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : मानव, जनावर, विरुवाको स्वाच्छता र स्वास्थ्यका विषयमा बस्तु व्यापार गर्दा अपनाइने सेनेटरी एण्ड फाईटो सेनेटरी मेजर्स (एसपिएस मेजर्स) सम्बन्धित सरोकारवाला बीच अन्तरक्रिया तथा छलफल कार्यक्रम नेपालगन्जमा सम्पन्न गरिएको छ ।
खाद्य आयात नियार्यात तथा गुणस्तर प्रमाणिकरण कार्यालय नेपालगन्जको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा आयात निर्यात गर्दा मानव जनावर, विरुवाको स्वाच्छता र स्वास्थ्यमा असर नपर्ने गरी विषेश ध्यान दिन एसपिएस मेजर्स आवश्यक रहेको सो कार्यक्रमका सहभागिले सुझाव दिएका छन् ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका बरिष्ठ खाद्य अनुसंधान अधिकृत ज्योत्सना श्रेष्ठले एपिएस परिक्षणका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिईन । उनले प्रस्तुत गरेको कार्यपत्रमा वस्तु व्यापारको लागि गरिएका विभिन्न सम्झौताहरु मध्ये एसपिएस मेजर्स पनि एक भएकोले आयात निर्याय गर्ने व्यावसायीहरुले यस सम्झौताले रोक लागएको विषय बस्तुमा विषेश ध्यान दिन आवश्यक रहेको औल्याईन ।
सोही कार्यक्रममा नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शन्तिराम निरौलाले डब्लुटिओको बस्तु व्यापारसंग सम्बन्धित प्रमुख सम्झौताहरुको बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रस्तुत गरिएका दुबै कार्यपत्रमाथि उपभोक्ता मञ्चका बसन्त गौतम र पत्रकार रुद्र सुवेदीले टिप्पणी गरेका थिए ।
खाद्य आयात नियार्यात तथा गुणस्तर प्रमाणिकरण कार्यालय नेपालगन्जका निमित्त प्रमुख एकराज बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय, नेपाल उद्योग बाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैष्यलगायतले सुझाव दिएका थिए ।

Next Post

नेपालगञ्जमा साइकल दौड प्रतियोगिता हुने

२ आश्विन २०७६, बिहीबार १०:३३
सदरलाइनडटकम, नेपालगञ्ज : संविधान दिवसका अवसरमा नेपालगञ्ज साइक्लिङ्ग क्लबले साइकल दौड प्रतियोगिता गर्ने भएको छ । दिवसका अवसरमा शुक्रवार साइकल दौड प्रतियोगिता गर्न लागिएको आयोजक क्लबका सचिव गगनसिह थापाले बताए । देशभर संविधान दिवस भब्य रूपमा मनाउन सरकारले समेत अपिल गरिरहेको सन्दर्भमा साइकल दौड प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिताले […]