बाँकेमा मुसलधारे बर्षात्

१ आश्विन २०७६, बुधबार १४:०६
 


सदरलाइनडटकम,
नेपालगञ्ज : बुधवार बिहानैदेखि नेपालगञ्जलगायत आसपासका क्षेत्रमा जारी मुसलधारे बर्षातका कारण यस क्षेत्रको जनजिवन प्रभावित भएको छ । बिहान साढे बजेबाट पर्न थालेको पानी बढ्दै गएपछि नेपालगञ्जसहित आसपासका क्षेत्रहरु डुवानमा परेका छन् ।
झण्डै ३ घण्टा परेको मुसलधारे पानीले नेपालगञ्जको घरबारीटोल, न्यूरोड, सेतुबिक चौक, धम्बोजी चौकलगायतका क्षेत्रहरु जलमग्न भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले नाली सफा गर्ने काम भइरहेको जनाएको छ । राप्ती नदीमा भने पानीको सतह सामान्य छ ।

Next Post

भक्तिभावका साथ आज विश्वकर्मा पूजा गरिंदै

१ आश्विन २०७६, बुधबार १४:०६
सदरलाइनडटकम, नेपालगञ्ज : विश्वकर्मा बाबाको पूजापाठ गरी बुधवार विश्वकर्मा दिवस मनाईंदैछ । कन्या अर्थात् आश्विन संक्रान्तिका दिन आज सडक, भवन आदि संरचना निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउन लागिएको हो । वास्तुशास्त्री, इञ्जिनीयर, कालीगढहरु आदिले यो दिवस मनाउँछन् । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको […]