बुद्धिचाल प्रतियोगितामा प्रिन्स गुरुङ प्रथम

  
  प्रकाशित मितिः मङ्लबार, भदौ ३१, २०७६       | 111 Views   ||

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा आधारभूत तह स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । एनप्याब्सन कोहलपुर नगर कमिटीको आयोजनामा सम्पन्न भएको बुद्धिचाल प्रतियोगितामा वेस्टर्न माविका प्रिन्स गुरुङ प्रथम, पञ्चमुखि माविका सिद्वार्थ पुन द्धितीय र नमूना विद्यासदन माविका सञ्जय बानिया तृतीय भएका छन् ।
एनप्याब्सन कोहलपुर नगर कमिटीमा आवद्ध १० वटा विद्यालयका प्रतिस्प्रधिलाई उछिन्दै वस्र्टन माविका गुरुङ प्रथम भएका हुन् । कार्यक्रममा बोल्दै कोहलपुर नगर शिक्षा शाखाका विद्यालय निरीक्षक जीवन न्यौपानेले विद्यार्थीको व्यक्तित्व विकासका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले बालबालिकालाई पाठ्यक्रमले तोकेको विषयवस्तु भन्दा बाहिरको ज्ञान हासिल गर्न यस्ता कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा एनप्याब्सन कोहलपुर नगर कमिटीका अध्यक्ष किशोरराज मल्लले बालबालिकाको बौद्धिक विकासका लागि प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा नेपाल बुद्विचाल संघ बाँकेका सचिव शुसिल सापकोटा, एनप्याब्सनका पदाधिकारीलगायत शिक्षक, विद्यार्थीहरुको सहभागिता थियो ।

प्रकाशित मितिः मङ्लबार, भदौ ३१, २०७६     5:59:24 PM  |