बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या बढ्दै

  
  प्रकाशित मितिः मङ्लबार, भदौ ३१, २०७६       | 95 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा निकुञ्ज स्थापना भएपछि प्रत्येक वर्ष बाघको संख्या बढ्दै गएको छ । २०६७ सालमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि बाघलगायतका वन्यजन्तुको संरक्षण हुँदै आएको छ । सन् २०१३ मा बाघ गणना हँुदा बाँकेमा जम्मा चार वटा बाघ भेटिएकामा सन् २०१८ मा गणना हुँदा वयस्क बाघको संख्या २१ पुगेको हो । छोटो समयमै बाघ संरक्षणमा निकुञ्जले सफलता हात पारेको छ ।
निकुञ्जमा उचित सुरक्षा, बासस्थान, चित्तल, बँदेल, जरायो, लगुनालगायतका बाघका आहाराजन्य वन्यजन्तु वृद्धि भएसँगै बाघको सङ्ख्या पनि बढ्दै गएको हो । उनका अनुसार बाघ अवलोकनका लागि निकुञ्ज सफल बनेको छ । पर्यटक आगमनले यहाँ छेउछाउमा होटल निर्माण बढेको छ । चोरी सिकारी नियन्त्रण हँुदै गएपछि बाघको सङ्ख्या बढेको हो ।
उचित आहारा, सुरक्षा र प्राकृतिक बासस्थानका लागि उत्तम मानिएको निकुञ्जमा पछिल्लोपटक बाघको सङ्ख्या बढ्दै गएको हो । पर्यटन व्यवसायी कृष्ण चौधरीले बाघलगायतका वन्जजन्तु सहजै देखिने गरेको बताए ।
निकुञ्जमा आव २०७५।०७६ मा १४८ नेपाली, ११ सार्क र एक विदेशीसहित १६० पर्यटकले निकञ्ज घुमेका छन् । निकुञ्जमा पर्यटक बढेसँगै राजस्वमा वृद्धि भएको सहायक संरक्षण अधिकृत थपलियाले बताए । आर्थिक वर्ष २०७५।०७६ मा एक करोड चार लाख ४९ हजार ९८२ राजश्व संकलन भएको छ ।

प्रकाशित मितिः मङ्लबार, भदौ ३१, २०७६     4:59:01 PM  |