पाइलट परियोजनाको रुपमा नेपालगञ्ज छनौट

३० भाद्र २०७६, सोमबार १४:५२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका विश्व बैंकको कार्यक्रमका लागि छनौटमा परेको छ । विश्व बैङकले नेपालको सार्वजनिक वित्तीय व्यवस्थापनको अध्ययनका लागि पाईलट परियोजनाको रुपमा नेपालगञ्ज उपमहानगरपालिकालाई छनौट गरेको मेयर डा. धवलशम्शेर राणाले जानकारी दिए ।
पाईलट परियोजनाअन्तर्गत विश्व बैङ्कका नेपाल स्थित कार्यालयका वित्त व्यवस्थापक फ्राङ्क वेसेट नेतृत्वमा ७ सदस्यीय विशेषज्ञसहितको टोलीले नेपालगञ्जमा सोमवारदेखि अध्ययन शुरु गरेको छ । विश्व बैंकको टोलीलाई नेपालगञ्जका मेयर राणा, उपमेयर उमा थापा मगर, प्रमुख प्रशाकसीय अधिकृत हरि प्याकुरेल, वडाध्यक्ष तथा कार्यपालिका सदस्य र कर्मचारीहरुले स्वागत गरेका थिए । टोलीले सोमवारनै जनप्रतिनिधी र कर्मचारीयसँग अन्तरक्रिया गरि कार्यक्रमको बारेमा जानकारी गराएको छ ।
टोलीलाई वडाध्यक्ष प्रमोद रिजाल, विन्दुभुष्ण बस्नेतलगायतले सुझाव दिए । विश्व वैङ्कको विशेषज्ञ टोलीले नेपालगञ्जमा सार्वजनिक खर्च तथा वित्तिय उत्तरदायित्व, यसभित्रका राम्रा पक्ष र कमजोर पक्षको मुल्याङ्कनसमेत गर्ने भएको छ । पहिलो चरणमा टोलीले चारदिनसम्म नेपालगञ्जमा रहेर वित्तीय व्यवस्थापनका बारेमा जानकारी लिनेछ । करीब दुई महिनाभित्र प्रारम्भिक मस्यौदा तयार गरि सार्वजनिक गरिने टोली प्रमुख वेसेटले जानकारी दिए ।
टोलीले मुल्याङ्कनका क्रममा वजेटको समग्र पक्ष, सम्पत्ति र दायित्वको व्यवस्थापन, श्रोत परिचालन, लेखा परीक्षण लगायतका विषयमा अध्ययन गर्नेछ । मुल्याङ्कनका लागि ३१ वटा सूचक र ९४ वटा उपसूचक राखिएको बैङ्कको टोलीले जनाएको छ ।
विश्व बैङ्कले गर्ने मुल्याङ्कन आगामी दिनमा विश्व बैङ्कमात्रै नभएर अन्य दातृ निकायसँग सहकार्यका लागि उपयोगी हुने टोलीले जनाएको छ । आर्थिक अनुशासन, श्रोतको व्यवस्थापन सेवा प्रवाहमा अध्ययन केन्द्रित हुनेछ ।

Next Post

‘फगिङ’ स्वास्थ्यका लागि ‘घातक’, प्रयोग नगर्न आग्रह

३० भाद्र २०७६, सोमबार १४:५२
सदरलाइनडटकम, काठमाण्डौ : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले डेंगु नियन्त्रणका लागि धुवाँउने विषादी ‘फगिङ’ मानव स्वास्थ्यका लागि घातक भएकाले प्रयोग नगर्न सुझाव दिएको छ । परिषद्ले सोमवार राजधानीमा पत्रकार सम्मेलन गरी फगिङले मानव स्वास्थ्यमा नकारात्मक असर पार्नुका साथै डेंगु रोगबाहेक लामखुट्टेका प्रजातिको संख्या नरोक्ने भन्दै सचेतता अपनाउन आग्रह गरेको छ । […]

सम्बन्धित