काँग्रेसको आन्तरिक विवादपछि संगठन विभाग प्रमुख मल्लको राजीनामा

  
  प्रकाशित मितिः आइतवार, भदौ २९, २०७६       | 355 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाली काँग्रेस, बाँकेका संगठन विभाग प्रमुख महेन्द्र मल्ल ठकुरीले नेपाली काँग्रेसभित्रको आन्तरिक विवादका कारण पदबाट आइतबार राजीनामा दिएका छन् ।

घरायसी कामकाजका कारण संगठनमा काम गर्न नसक्ने कारण देखाएर राजीनामा दिए पनि खजुरामा विहीबार भएको घटनापछि वास्तविकता तोडमोड भएको भन्दै असन्तुष्ट रहेका मल्लले अन्तत राजीनामा दिन पुगेका ठकुरी निकट स्रोतले जनाएको छ ।

सोही विषयलाई लिएर आईतबार बसेको नेपाली काँग्रेस बाँकेको बैठक समेत अवरुद्ध भएको जानकारीमा आएको छ ।

यसैबीच नेपाली काँग्रेस बाँकेका संगठन विभाग प्रमुख ठकुरीले सदरलाइनडटकमसंग कुरा गर्दै घर व्यवहारको कारण व्यस्त हुनु परेको भन्दै पार्टीको संगठन विभाग प्रमुखबाट राजिनामा दिएको बताए ।

प्रकाशित मितिः आइतवार, भदौ २९, २०७६     7:40:35 PM  |