धनगढी फुटसलमाथि कैलाशको कब्जा

२८ भाद्र २०७६, शनिबार १७:१३
 

सदरलाइनडटकम,
कैलाली : धनगढी फुटसल लिगको उपाधि कैलाश विकास बैंकले पाएको छ । नबिल बैंकलाई ४–९ले हराउँदै कैलाश विकास बैंकले उपाधिमाथि कब्जा जमाएको हो । उपाधीसँगै बैंकले नगद ५० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको नबिल बैंकले नगद २५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ ।
कैलाशलाई उपाधि जिताउन निशान थापाले दोहोरो ह्याटिक गरे भने रमेश बोहोराले २ र महेश चौधरीले एक गोल थपे । नबिलका लागि विवेक विष्टले २ तथा वीरेन्द्र विष्ट र केशव चौधरीले एक एक गोल फर्काए । सुदुरपश्चिम प्रदेशको सर्वा्धिक धनराशीको फुटसल लिग फ्ल्याटल्याण्ड फुटसलमा भदौ ६ गतेदेखि शुरु भएको थियो । शनिवार सकिएको लिगको उत्कृष्ट खेलाडी नबिल बैंकका वीरेन्द्र विष्ट भए । सर्वाधिक गोलकर्ता कैलाश विकास बैंकका रमेश बोहोरा र उत्कृष्ट गोलरक्षक कैलाशकै सन्दीप शर्मा भए ।
विजयी खेलाडीलाई एक समारोहका बीच टफी मेडल र प्रमाणपत्र वितरण गरिएको छ । फ्ल्याटल्याण्ड फुटसलका अध्यक्ष आशिष शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओड रहेका थिए ।

Next Post

अवैधरुपमा भित्र्याइएको खसी भन्सारमा बुझाइयो

२८ भाद्र २०७६, शनिबार १७:१३
सदरलाइनडटकम, कोहलपुर (बाँके) : अवैधरुपमा नेपाल भित्र्याइएका खसी इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख ८९९८ नं. को ट्रकमा शुक्रवार राति करीब १२ बजे कोहलपुर नगरपालिका वडा नं. १२ चप्परगौडीस्थित जाँच केन्द्रमा जाँच गर्ने क्रममा ६४ खसी फेला परेका इलाका प्रहरी कार्यालयका […]