स्वास्थ्य केन्द्रको मन्त्री राईद्वारा उद्घाटन

२७ भाद्र २०७६, शुक्रबार १९:०५
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले नरैनापुरलाई हुलाकी शहरका रुपमा विकास गरिने बताएका छन् । बाँकेको नरैनापुरमा नवनिर्मित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र भवनको शुक्रवार उद्घाटन गर्दै मन्त्री राईले नरैनापुरलाई १० बर्षभित्र हुलाकी शहरका रुपमा विकास गर्न प्रत्येक बर्ष १ अर्बका दरले १० बर्षमा १० अर्ब रुपैयाँ छुट्ट्याइने बताए ।
गत आर्थिक बर्षमा नरैनापुरका ३ सय घरलाई फुसरहित बनाउन बजेट आएको बताउँदै मन्त्री राईले अबको तीन बर्षभित्र सबै घरलाई फुसरहित बनाइने उल्लेख गरे । आफूलाई पहिलोपटक २०६४ मा सभासद्का रुपमा निर्वाचित गरेका बघौडाबासीसंग आफ्नो विशेष लगाव रहेको भन्दै उनले शिक्षा, स्वास्थ्य, विजुली, सडक लगायतको विकासका लागि आफूले आफ्नो तर्फबाट कुनै कञ्जुस्याईं नगर्ने जिकिर गरे ।
मन्त्री राईले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पताल बनाउने योजना स्विकृत भइसकेकाले अब थप भौतिक पूर्वाधार निर्माणका साथै दक्ष र पर्याप्त जनशक्ति व्यवस्थापनमा कुनै कमी हुन नदिइने प्रतिबद्धता जनाए । १५ शैयाको अस्पताल बनेपछि नरैनापुरबासीले नेपालगञ्जको मुख ताक्नु नपर्ने मन्त्री राईको भनाई छ । लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना एमविविएस डाक्टरहित १३ जनाको दरबन्दी रहेको छ ।

Next Post

डेंगुबारे सचेतना फैलाउने डुडुवाको निर्णय

२७ भाद्र २०७६, शुक्रबार १९:०५
सदरलाइनडटकम, डुडुवा (बाँके) : देशभर डेंगु रोगको संक्रमण फैलिन थालेपछि बाँकेको डुडुवा गाउँपालिकाले सतकर्ता अपनाएको छ । गाउँपालिका स्वास्थ्य शाखाले शुक्रवार सरोकारवालासंग अभिमुखीकरण सहित संयुक्त बैठक गरेको छ । बैठकले असोज ५ गतेभित्र सबै वडामा सचेतनामुलक अभियान संचालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका विभिन्न सार्वजनिक स्थान, विद्यालय, मदरसालगायत स्थानमा […]

सम्बन्धित