रोल्पामा पहिरो जाँदा ६ जना पुरिए

२७ भाद्र २०७६, शुक्रबार १०:५१
 

सदरलाइनडटकम,
रोल्पा : रोल्पाको थवाङमा भिषण पहिरो गएको छ । थवाङ गाउँपालिका वडा नं. २ छेर्लाेवाङ झार्नै भन्ने ठाउँमा बिहीवार राति पहिरो जाँदा ६ जना मानिस पुरिएको स्थानीयले बताएका छन् ।
दुई वटा घर र केही गोठहरू तथा ठूलो संख्यामा भेडा र बाख्राहरू पुरिएको आशंका गरिएको छ । थवाङबाट प्रहरी हिँडेको प्रहरी घटनास्थलमा पुगिसकेको छ । घटनास्थल जिल्ला सदरमुकाम लिवाङबाट करिब २५ कोस ढाटा छ । गाउँपालिकाका अध्यक्ष बीरबहादुर घर्तीले क्षति विवरणबारे अहिले नै भन्न नसकिने बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार पहिरोमा परेका मध्ये २८ वर्षीया फिरकुमारी झाँक्री र उनका ४ वर्षीया छोरीको शव भेटिएको छ । बेपत्ताहरूको खोजी कार्य जारी रहेको उनले बताए ।

Next Post

बच्चा चोर दुई भारतीय पक्राउ

२७ भाद्र २०७६, शुक्रबार १०:५१
सदरलाइनडटकम, कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ४ का एघार वर्षीय जगत दमाईलाई अपहरण गरेको आरोपमा प्रहरीले दुई जना भारतीयहरुलाई पक्राउ गरेको छ । साधुको भेषमा आएका भारतीय नागरिकले केही दिन अघि सिमावर्ती भारतीय बजार बसही जाने क्रममा आफुलाई ललाइफकाई जेरी र समोसा खान दिई बेहोस पारी सम्पूर्णानगर पुगाएको […]