ओयाजनाको डिजाईन गुणस्तर हुनुपर्नेमा जोड

२६ भाद्र २०७६, बिहीबार १८:५७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : संघीय सरकारका शहरी विकास मन्त्री मो. ईस्तियाक राईले योजनाको डिजाईन गर्दा आगामी ५० वर्षलाई ध्यानमा राखेर ईस्टिमेट डिजाईन गर्न आग्रह गरेका छन् । मन्त्री राईले नेपालगञ्जमा डिप्लोमा ईञ्जिनियर्स एशोसिएशन नेपाल (डिन)को केन्द्रीय सभा तथा क्वालिटी कन्टोल अफ कन्स्ट्रक्शन प्रोजेक्टस, डिजाईन, सुपरभिजन र क्वालिटी कन्टोल अफ अस्फाल्ट कंक्रिट विषयक गोष्ठीको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
कुनैपनि आयोजनाको स्टीमेट गर्दादेखिनै गुणस्तर कस्तो हुनु पर्ने भन्ने कुरामा ध्यान दिएर स्टीमेट गर्नुपर्नेमा जोड दिँदै उनले आयोजना सम्पन्न भएपछि गुणस्तरबारे चिन्ता व्यक्त गर्दै समय खेर फाल्न नहुने बताए । गलत स्टेमेण्ट र डिजाईन गर्ने प्राविधिकले नै त्यसको जिम्मेवारी लिनुपर्ने जिकिर गरे ।



डिनका पूर्वअध्यक्ष तथा सल्लाहकार प्राध्यापक डा. राजेन्द्रप्रसाद अधिकारीले प्राविधिकलाई जसरी पनि गरेर ल्याउनुस भन्ने परिपाटिका कारण आयोजना अलपत्र पर्ने र गुणस्तरहीन हुने भन्दै प्रविधिकलाई बिना कुनै प्रेसर काम गर्न दिने बातावरण मिलाई दिनुपर्नेमा जोड दिए । डिनका अध्यक्ष कामेश्वरप्रसाद सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालगायतले शुभकामना दिएका थिए ।

Next Post

रिक्सा र बाईक ठोक्किँदा दुई जना घाईते

२६ भाद्र २०७६, बिहीबार १८:५७
सदरलाइनडटकम, नेपालगञ्ज : ईरिक्सा र मोटरसाइक एकापसमा ठोक्किँदा नेपालगञ्जमा दुई जना घाईते भएका छन् । पुष्पलाल चोकदेखि कारकादौँ तर्फ जाँदै गरेका मोटरसाइकल र ईरिक्सा बिहीवार दिउँसो एकापसमा ठोक्किँदा दुबै सवारी साधनका चालक सामान्य घाईते भएका हुन् । प्रत्यक्षदर्शीका अनुसार भे ६ प १४९७ नम्बरको मोटरसाइकले भे १ स ५५५ नम्बरको […]