बाँकेका बाबुतरुण यसवर्ष जिल्लाकै उत्कृष्ठ शिक्षक

  
  प्रकाशित मितिः बुधबार, भदौ २५, २०७६       | 224 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज  : ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नारायण मावि नेपालगञ्जका प्रधानाध्यापक बाबुतरुण गौतमलाई पुरस्कृत गरेको छ ।
दिवसको अवसरमा पदक, प्रमाणपत्र तथा प्रशंसापत्रबाट देशभरका ७७ जिल्लाका हरेक जिल्लाबाट एक जनालाई नेपाल सरकारले पुरस्कृत गर्दा जिल्लाका शिक्षकहरु मध्यबाट यस वर्षको पुरस्कार गौतमले हात पारेका हुन ।
नेपालगन्ज उपमहानगरपालिकाको बीच मुटुमा रहेको जिल्लाकै सबैभन्दा पुरानो विद्यालय नारायण माध्यामिक विद्यालयमा प्रअको रुपमा कार्यरत गौतमले पुरस्कार भन्दा पनि आफ्नो पेशा र सेवाको लागि अध्यापन गरेको बताउने उनले सरकारको निर्णयले थप जिम्मेवारी थपेको महशुश भएको बताए ।
‘सरकारले मुल्याकन गरेकोमा आफु खुसीका साथै थप जिम्मेवारी सक्षम रहेको छु’–उनले भने–‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्नको लागि आफु र आफ्नो क्षेत्रबाट पहल गर्ने छु ।’
शिक्षक गौतम शिक्षक महासंघ बाँकेको निवर्तमान जिल्ला अध्यक्ष समेत रही काम गरि सकेका छन । बाँके जिल्लाको शिक्षक र शिक्षा क्षेत्रको नेतृत्व गर्ने शिक्षकको रुपमा आफ्नो परिचय बनाउन सफल छन् ।

प्रकाशित मितिः बुधबार, भदौ २५, २०७६     11:45:35 AM  |