नेपालगञ्जमा सौहार्द पूर्वक सम्पन्न भयो मोहर्रम पर्व (फोटो फीचर)

२४ भाद्र २०७६, मंगलवार २०:१६
 

सदरलाइनडटकम,
नेपागगञ्ज  : मुस्लिम समुदायमा दुःख प्रकट गरी मनाइने मोहर्रमको अन्तिम दिन मंगलबार बिभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।
ईराकको करवलाको धार्मिक युद्धमा बिभिन्न षड्यन्त्र गरेर हत्या गरिएका इमाम हुसेन र इमाम हसनलगायतको सम्झनामा मुस्लिम समुदायमा मोहर्रम दश दिनसम्म मनाउने गरिन्छ । हत्या गरिएका तिनै शहिदहरुको सम्झनामा तयार गरिएका बिभिन्न प्रकारका ताजिया बिहीवार नजिकको कर्बलामा लगेर सेलाएपछि मोहर्रमको समापन हुने गर्छ ।
ईस्लाम धर्मावलम्वीहरुले धार्मीक शहिदहरुको सम्झनामा नेपालगन्ज नगरका बिभिन्न भागमा ताजिया झकिझकाउका साथ सजाइएको थियो । सजाइएका ताजियाहरुलाई बाजागाजाका साथ सोमबार दिउँसो ‘या हुसेन’, ‘या हसन’, भन्दै ढोल र नगडाका तालमा नगरको परिक्रमा गराईएको थियो ।
सो अवशरमा ठूलो संख्यामा जनसमुदायको उपस्थिति रहेको थियो । ¥यालीमा ईस्लाम धर्मावलम्बीहरुले दुःख प्रकट गर्दै शरीर भरी बिलेड र धारिलो वस्तुले प्रहार गरेका थिए । नगरका बिभिन्न भागको परिक्रमा गरेर फूल्टेक्रा स्थित करबलामा समापन गरिने करबला संरक्षण समितिका मेराज हल्वाईले जानकारी दिए ।
यसैबीच मोहर्रम पर्वलाई सौहार्द पूर्वक सम्पन्न गराउन अहम भुमिका खेलेको भन्दै समितिले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, बाँके प्रहरी प्रमुख बीरबहादुर ओली, एपिएफ प्रहरी उपरीक्षक दीपक अधिकारी, पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदी, हिन्दू स्वयमसेवक दिपक लोध, पत्रकार आरिफ अन्सारी लगायतलाई सम्मान गरिएको थियो ।
उनीहरुलाई नेपाल मुहर्रम समिति धम्बोझी नेपालगञ्जका अध्यक्ष मेराज अहमद हिमालयलगायतका पदाधिकारीहरु अगुवाईमा संविधान सभा सदस्य अब्दुल हमिद सिद्दिकी, भोला, स्थानीय धर्मगुरु मौलाना मन्सुर आरफी, मेराज हल्वाईलगायतले साफा बाँधेर सम्मान गरेका थिए ।
सो अवसरमा बागेश्वरी मन्दीरका मुल महन्त चन्द्रनाथ योगिले ईस्लाम धर्मावलम्बीहरुलाई पर्व तथा नयाँ ईस्लामिक वर्ष १४४१हिजरीको शुभकामना दिएका थिए ।

Next Post

बाँकेका बाबुतरुण यसवर्ष जिल्लाकै उत्कृष्ठ शिक्षक

२४ भाद्र २०७६, मंगलवार २०:१६
सदरलाइनडटकम, नेपालगञ्ज  : ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नारायण मावि नेपालगञ्जका प्रधानाध्यापक बाबुतरुण गौतमलाई पुरस्कृत गरेको छ । दिवसको अवसरमा पदक, प्रमाणपत्र तथा प्रशंसापत्रबाट देशभरका ७७ जिल्लाका हरेक जिल्लाबाट एक जनालाई नेपाल सरकारले पुरस्कृत गर्दा जिल्लाका शिक्षकहरु मध्यबाट यस वर्षको […]