कर्णालीमा रक्सी पिउन ठाउँ र समय तोकिने

२३ भाद्र २०७६, सोमबार १८:३८
 

सदरलाइनडटकम,
जुम्ला : कर्णाली प्रदेश सरकारले रक्सी पिउनेलाई सीमा निर्धारण गर्ने योजना बनाएको छ । रक्सीले नै हिंसा बढाएकोले बिक्री गर्ने ठाउँ, व्यक्ति र कार्डको व्यवस्थापन गरेर रक्सी नियन्त्रण अभियान गर्ने कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए । उनले अब दर्ता नभई रक्सी उत्पादन गर्न नदिने तथा प्रयोग स्थान र समयसीमा निर्धारण गर्ने बताए ।
यसअघि प्रदेश प्रहरी प्रमुख पूर्णचन्द्र जोशीले समेत रक्सी नियन्त्रण अभियान तीव्र पार्ने बताएका थिए । प्रदेश सरकारले यसका लागि कानुन बनाउने मन्त्री भण्डारीको भनाई छ । होटेलमा रक्सी तथा लागुऔषध सेवन गर्ने कार्य बढेको उल्लेख गर्दै उनले होटेलमा बस्ने हरेक व्यक्तिको पहिचानसहितको तीन पुस्ते विवरण र फोन नम्बर अनिवार्य राख्नुपर्ने, रक्सी बिक्री गर्नका लागि निश्चित् स्थान र पिउनका लागि निश्चित् समय तोक्ने जस्ता व्यवस्था भएमा हिंसा नहुने जिकिर गरे ।
मन्त्री भण्डारीले कर्णालीमा लागुऔषध प्रयोगकर्ता र ओसारपसारकर्ता बढेको प्रहरीको तथ्यांक रहेकाले अब निर्मूल गर्न कर्णाली प्रदेश सरकार लागिपरेको बताए । सडक सञ्जाल जोडिएको जिल्लामा यसको कारोबार बढेको कर्णाली प्रदेश प्रहरी प्रमुख जोशीको भनाई थियो ।

Next Post

‘दाङमा विद्यार्थी मुर्छित हुन थालेपछि’

२३ भाद्र २०७६, सोमबार १८:३८
सदरलाइनडटकम, दाङ : कक्षा कोठामै विद्यार्थीहरु विरामी पर्न थालेपछि दाङको शारदा नगरपालिका ११ महेन्द्र रत्न माध्यमिक विद्यालय हिवल्चाको पढाई प्रभावित भएको छ । दुई महिना यता कक्षा कोठामै छात्राहरू मुर्छा पर्ने, बर्बराउने, काप्ने गरेपछि पढाई प्रभावित भएको हो । ९ वर्ष उमेरदेखि १२।१३ वर्षभित्रका छात्राहरूमा यस्तो प्रकारको रोग देखिएको विद्यालयका […]