विक्रम ल्याण्डर पत्ता लाग्यो, सम्पर्क गर्ने प्रयास जारी

२२ भाद्र २०७६, आईतवार १७:५७
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का प्रमुख डा. के सिवनले आइतवार चन्द्रयान २ को ल्याण्डर विक्रम चन्द्रमाको सतहमा भएको पत्ता लागेको बताएका छन् । सिवनले भने, ‘ल्याण्डर विक्रम चन्द्रमाको सतहमा भएको पत्ता लागेको छ ।’ ‘तीव्र गति (हार्ड) को ल्याण्डिंगको कारण त्यसमा क्षति पुगेको सवालमा सिवनले भने, ‘यसको बारेमा हामीलाई थाहा छैन ।’ अर्बिटरले ल्याण्डरको तस्बिर पनि खिचेको सिवनले बताए ।
उनले भने– विक्रम मोड्यूलसँग सम्पर्क स्थापित गर्ने प्रयास जारी छ र चाँडै नै यसको बारेमा जानकारी दिइनेछ ।’ यद्यपि सिवनले सञ्चारमाध्यमसँग अहिले तत्कालै केही भन्नु हतार हुने बताएका छन् । इसरोद्वारा चन्द्रमाको सतहमा चन्द्रयान २ विक्रम ल्याण्डरको ‘सफ्ट ल्याण्डिंग’ शनिवार आफ्नो योजनाअनुरुप हुन पाएन । ल्याण्डरलाई गएको शुक्रवार राति झण्डै १ बजेर ३८ मिनेट जाँदा चन्द्रमाको सतहमा उतार्ने प्रक्रिया शुरु भएको थियो ।
तर २ दशमलव १ किलोमिटर वर नै जमिनको स्टेशनसँग यसको सम्पर्क टुटेको थियो । यदि भारतले यो उपलब्धि हासिल गर्न सकेमा रुस, अमेरिका र चीनपछि ऊ चन्द्रमामा आफ्नो अन्तरिक्ष यान पठाउने चौँथो राष्ट्र बन्नेछ । इसरो अधिकारीहरुका अनुसार चन्द्रयान(२ को अर्बिटर पूर्णरुपमा सुरक्षित र सही छ ।
(एजेन्सी)

Next Post

बोर्डिङ स्कुलको भ्यान दुर्घटनाग्रस्त

२२ भाद्र २०७६, आईतवार १७:५७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जस्थित कोरियनपुरमा रहेको जेएस इङलिस बोर्डिङ स्कुलको भ्यान सोमवार दुर्घटनामा परेको छ । विद्यार्थी ल्याउन जाँदै गर्दा भ्यान दुर्घटनामा परेको हो । भे १ त ३१९१ नम्बरको भ्यान नेपालगञ्जको फुल्टेक्रा रामनगर रोडमा दुर्घटना हुँदा एक जना विद्यार्थी सामान्य घाइते भएका छन् । भ्यानमा चारजना विद्यार्थी, भ्यानका चालक […]