शिक्षा दिवसमा विभिन्न कार्यक्रम

  
  प्रकाशित मितिः आइतवार, भदौ २२, २०७६       | 52 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस आइतवार नेपालगञ्जमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । उपमहानगरपालिकाको आयोजनामा नेपालगञ्जमा उत्कृष्ट विद्यालय, शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक तथा संघ संस्थालाई सम्मान गरिएको छ ।
नेपालगञ्जकी उपमेयर उमा थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले बाँकेलाई साक्षर जिल्ला घोषणाका लागि सबैको ध्यानाकर्षण गराए ।
मेयर डा. धवलशम्शेर राणाले शिक्षाको क्षेत्रमा उपमहानगरपालिकाले विभिन्न प्रयास गर्दै आईरहेको भन्दै शिक्षाको विकासका लागि सबैको साथ र सहयोगको अपेक्षा गरिएको बताए ।

प्रकाशित मितिः आइतवार, भदौ २२, २०७६     5:41:51 PM  |