नेपालगञ्जका गाईगोरुको सुर्खेतमा उपचार हुँदै

  
  प्रकाशित मितिः शनिबार, भदौ २१, २०७६       | 46 Views   ||

सदरलाइनडटकम,
सुर्खेत : नेपालगञ्ज उपमहानगरपालिकाबाट ल्याई सुर्खेतमा बेवारिसे छोडिएका घाइते गाईगोरुको वीरेन्द्रनगर नगरपालिकाले उपचार गरेको छ । नगरपालिकाका वातावरण तथा विपद न्यूनिकरण उपशाखाका प्रमुख यामलाल गिरीका अनुसार नगरपालिकाले ४२ घाइते गाई–गोरुको उपचार गरेको हो ।
तीमध्ये दुई गाईगोरुको उपचारका क्रममा मृत्यु भएको छ । उपचारमा पशु सेवा उपशाखाले सहयोग गरेको हो । मरेका गाई–गोरुको व्यवस्थापन गर्न एक लाखभन्दा बढी खर्च भएको गिरीले बताए । बेवारिसे छाडिएका २२६ गाई–गोरु शुक्रवारसम्म नेपालगञ्ज पठाइएको छ । नगरपालिकाका अनुसार हालसम्म ३८ गाईगोरुको मृत्यु भएको छ ।
गतध्ध्साता नेपालगञ्जको काञ्जी हाउसबाट दैलेखको श्रीस्थान लैजाने भन्दै ल्याइएका २९१ गाई–गोरुमध्ये केही सुर्खेतको ब्यूरेनी, सुब्बाकुना र कटकुवाका भिरबाट फालिएको अवस्थामा फेला परेका थिए ।

प्रकाशित मितिः शनिबार, भदौ २१, २०७६     2:51:16 PM  |