अवैध पेस्तोल र गहनासहित कैलालीमा तीन पक्राउ

१९ भाद्र २०७६, बिहीबार १७:५५
 

सदरलाइनडटकम,
कैलाली : चार थान पेस्तोल र सुनका गहनासहित कैलालीमा पक्राउ परेका तीन जनाबाट पाँच अर्ब रुपैयाँभन्दा बढीका नक्कली चेक पनि बरामद गरिएको छ । धनगढीबाट पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले पाँच अर्ब रुपैयाँभन्दा बढीका राष्ट्र बैंकका नक्कली चेक, छाप र नक्कली पत्र तथा कागजहरु बरामद गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली र जिल्ला प्रहरी कार्यालय कैलालीले बुधवार साँझ धनगढी उपमहानगरपालिका वडा नम्बर–३, चटकपुरबाट चार थान पेस्तोल, सुनका गहना र पाँच अर्ब रुपैयाँभन्दा बढीका नक्कली चेक बरामद गरेको हो । धनगढी उप–महानगरपालिका–६, मटियारीका सञ्जय राणा भनिने सञ्जय राना र त्यही ठाउँका कमल बिक तथा वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुसँग ठूलो संख्या तमसुकहरु समेत बरामद गरिएको छ । प्रहरीले राणा, विक र अधिकारीसँग जोडिएका सबै विषय र व्यक्तिहरुको बारेमा समेत अनुसन्धान थालेको छ । धनगढी उपमहानगरपालिका–६, मटियारीमा रहेको राणाको घरको खानतलासी समेत गरेको गरेको प्रहरीले जनाएको छ । राणा जग्गा दलालीसँगै हातहतियार कारोबारी पनि रहेको खुलेको छ ।

Next Post

नेपालमा गिद्धको संख्या घट्दै

१९ भाद्र २०७६, बिहीबार १७:५५
सदरलाइनडटकम, कोहलपुर (बाँके) : नेपालमा गिद्धको संख्यामा कमी आएको एक तथ्याङ्कले देखाएको छ । बिश्वमा पाईने २३ प्रकारका गिद्धहरु मध्ये नेपालमा ९ प्रजातिका गिद्ध पाईने भएपनि पछिल्लो समय उनिहरुको सँख्या घट्दै गएको नेपाल पंंक्षी संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपालीले जानकारी दिए । ११ औं अन्तराष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा […]