कर्णाली शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट शुरु

१८ भाद्र २०७६, बुधबार १८:५२
 

सदरलाइनडटकम,
जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अक्सिजन प्लान्ट स्थापना भएकोे छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बुधबार एक कार्यक्रमका बीच स्विच थिचेर अक्सिजन प्लान्टको उद्घाटन गरे छ । अस्पतालमा अत्याधिक रुपमा आवश्यक रहेको अक्सिजन अब जुम्लाबाटै उत्पादन शुरु भएकोले प्रतिष्ठानको गतिमा अर्को ईटा थपिएको बताईएको छ ।
उद्घाटनका क्रममा मन्त्री तथा प्रतिष्ठानका पहल समितिका संयोजक भण्डारीले प्रतिष्ठानले अब अक्सिजन आयात गर्ने दिनको अन्त्य भएको र निर्यातको दिन शुरु भएको बताए । उनले अब कर्णाली प्रतिष्ठानले अक्सिजन आपूर्तिका साथै कर्णाली प्रदेशभर निर्यात गर्ने बताउँदै अक्सिजन प्लान्टसँगै थुप्रै संरचनाहरु र पूर्वाधारहरु तयार भइसकेकाले प्रतिष्ठान लक्ष्य अनुसार अघि बढेको बताए । प्रतिष्ठानका हरेक बिरामीको बेडमा अक्सिजन जडान गरिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।
कार्यक्रममा प्रतिष्ठानले मन्त्री भण्डारीसमक्ष आफ्ना गतिविधिको बारेमा जानकारी गराएको छ । प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईंले प्रस्तुत गरेको प्रतिवेदनमा प्रतिष्ठानको स्थापित ऐन २०६८ अनुसार १३ जिल्ला र १५ अस्पतालमा सेवा शुरुवात गरिएको छ । प्रतिवेदनमा आर्थिक वर्ष २०७५।०७६ मा ५४ हजार बिरामीको सेवा गरिएको बताइएको छ ।
उनले कर्णाली प्रदेशका १० जिल्ला र बझाङ, बाजुरामा आवश्यकता अनुसार विशेषज्ञ सेवा दिइरहेको बताए । प्रतिष्ठानमा अहिले विशेषज्ञ सेवाहरुसहित आधुनिक ब्लड बैंक, प्रयोगशाला, आफ्नै फार्मेसी सुरु भइसकेका छन् । यसैगरी अक्सिजन प्लान्टसहित सीटी स्क्यानसमेत सुचारु भएको प्रतिष्ठानले जनाएको छ ।

Next Post

गौहत्याको छानबीन गर्न दुई टोली सुर्खेत पुग्यो

१८ भाद्र २०७६, बुधबार १८:५२
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : गौहत्या प्रकरणको छानबिनका लागि गृहमन्त्रालयको टोली सुर्खेत पुगेको छ । सुर्खेतको कटकुवा र सुब्बाकुना नजिकैको भीरमा मृत भेटिएका गाईगोरुको विषयमा छानबिन गर्न गृहमन्त्रालयको टोली नेपालगञ्ज हुँदै सुर्खेत पुगेको हो । गृहमन्त्रालयले गठन गरेको छानबिन समितिका संयोजक तथा उप–सचिव सागरमणि पाठकले नेपालगञ्जबाट गाईगोरु मृत भेटिएको बारेमा अनुसन्धान […]