गाईगोरुलाई असल नियतले दैलेख पठाएको : मेयर राणा

१७ भाद्र २०७६, मंगलवार १९:०२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले असल नियतका साथ गाईहरु दैलेख पठाइएको दावी गरेका छन् । घटनाका समयमा राजधानीमा रहनुभएका प्रमुख राणाले मंगलवार पत्रकारहरुसँगको अन्तरक्रियामा दुर्घटनावश दैलेख घटना भएको टिप्पणी गरे ।
सडकमा दुर्घटना बढेपछि काञ्जिहाउस खाली गरेर त्यहाँ सडकका पशु चौपाय राख्ने योजनाअन्तर्गत गाईहरु दैलेख पठाइएको हो, मेयर राणाले भने,– नेपालगञ्जबाट दैलेख लैजानेक्रममा केही पशुको मृत्यु भएको हो, यो असल नियतले गर्न खोज्दा घटना भयो, यसको सम्पूर्ण जिम्मा म लिन्छु । गाईलाई भिरबाट खसालेर हत्या गरेको आरोप सरासर गलत भएको भन्दै मेयर राणाले यो कसैले पनि सोच्न नसक्ने बताए ।
उनले सडकमा दुर्घटना बढेको, काञ्जि हाउसमा पनि पशुहरु मर्न थालेपछि दैलेख पठाउन लगिएको जानकारी दिए । छाडा पशु चौपायको समस्या नगरबासीकै समस्या भएको भन्दै मेयर राणाले नेपालगञ्जको पहलमा जिल्ला समनवय समितिले गौशाला निर्माणका लागि डिपिआर शुरु गरेको बताए ।
सो अवसरमा बाँकेका पत्रकारहरुले भारतबाट आउने पशु चौपाय नियन्त्रणका लागि प्रशासनसँग समन्वय गर्न, नगरभित्र रहेका पशु चौपायको तथ्यांक संकलन गर्नेलगायतका सुझाव दिए । उपमेयर उमा थापा, प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेल, प्रवक्ता प्रमोद रिजालसहित उपस्थित भएका मेयर राणाले शिक्षा, स्वास्थ्य, उद्योग ब्यापार र पर्यटन नेपालगञ्जको विकासका चार आधार भएको बताए ।

Next Post

नेपालगञ्ज–लखनउ सिधा बस सेवा सुरु हुँदै

१७ भाद्र २०७६, मंगलवार १९:०२
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जदेखि लखनउसम्मको लागि आरामदायि बस नेपालगञ्जबाटै सञ्चालनमा आउने भएको छ । नेपालगञ्ज तथा आसपासका जिल्लाहरुबाट औषधि उपचार तथा किनमेलका लागि जानेहरुको सुविधालाई ध्यानमा राखेर भेरी यातायात प्रालिले उत्तर प्रदेश परिवहन निगमसंगको सम्झौता गरी आगामी भदौ २२ गतेदेखि नेपालगञ्ज–लखनउ सिधा बस सेवा सञ्चालन गर्न लागेको हो । भेरी […]