पत्नीको हत्या गर्ने खड्का पक्राउ

१७ भाद्र २०७६, मंगलवार १६:३१
 

सदरलाइनडटकम,
रुकुम पश्चिम : धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा रुकुम पश्चिममा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मुसिकोट नगरपालिका ३ गोगनपानी रुकुम पश्चिमकी २७ वर्षीया कमला खड्कालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा २७ वर्षीय नवीन खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
हत्या गरेर भाग्ने प्रयास गरेका खड्कालाई प्रहरीले तत्काल पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । खड्काले मदिरा सेवन गरेर हत्या गरेको पाइएको प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए ।
उनलाई हिरासतमा राखेर कर्तव्य ज्यान शीर्षकमा जाहेरी दरखास्त लिई जिल्ला अदालत रुकुम पश्चिमबाट म्याद थप गर्ने तयारी भइरहेको बताइएको छ ।

Next Post

बेपत्ता भएका तीनै जनाको शव भेट्टियो

१७ भाद्र २०७६, मंगलवार १६:३१
सदरलाइनडटकम, कपिलवस्तु : कपिलवस्तुको शुद्धोधन गाउपालिका ६ बेलभरिया नजिकको नदीमा नुहाउँदा बेपत्ता भएका तीनैजनाको शव फेला परेको छ । तीजको दिन बेतिनदीमा नुहाउन पसेर बेपत्ता रहेका उनीहरूको शव मंगलबार फेला परेको हो । सोमवारदेखिनै खोजीकार्यलाई तीव्रता दिएसँगै मंगलवार बिहान बेचनप्रसाद कहारकी १५ वर्षीया छोरी तारा कहारको शव भेटिएको प्रहरी नायव […]