चट्याङ लागेर दुईसय बढी भेडा मरे

१७ भाद्र २०७६, मंगलवार १६:२३
 
फायल तस्बीर ।

सदरलाइनडटकम,
जाजरकोट : चट्याङ लागेर जाजरकोटमा दुई सयभन्दा बढी भेडा मरेका छन् । कुशे गाउँपालिकाको पाटनमा हावाहुरीसँगै लागेको चट्याङका कारण २३३ भेडा मरेका छन् भने २५२ भेडा हराइरहेको कुशे गाउँपालिका–८ कफल्लाका दुर्गाबहादुर रोकायले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार चट्याङले धेरै भेडा मरेपछि कुशेका किसान चिन्तित बनेका छन् । यहाँका किसानको आम्दानीको प्रमुख स्रोत भेडा पालन व्यवसाय हो । कुशे गाउँपालिकाका किसान, व्यावसायिकरूपमा भेडा पालेर जीविका चलाउँदै आएका छन् । भेडा मरेपछि परिवारको घरखर्च चलाउन समस्या हुने स्थानीयवासीको भनाई छ ।

Next Post

पत्नीको हत्या गर्ने खड्का पक्राउ

१७ भाद्र २०७६, मंगलवार १६:२३
सदरलाइनडटकम, रुकुम पश्चिम : धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा रुकुम पश्चिममा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मुसिकोट नगरपालिका ३ गोगनपानी रुकुम पश्चिमकी २७ वर्षीया कमला खड्कालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा २७ वर्षीय नवीन खड्कालाई प्रहरीले पक्राउ गरेको हो । हत्या गरेर भाग्ने प्रयास […]

सम्बन्धित