नदीमा डुबेर तीन महिला बेपत्ता

१६ भाद्र २०७६, सोमबार १७:१६
 

सदरलाइनडटकम,
कपिलवस्तु : कपिलवस्तुको शुद्धोधन गाउँपालिकास्थित सन्तघाट नदीमा डुबेर तीनजना बेपत्ता भएका छन् । शुद्धोधन गाउँपालिका ६, बेलभरिया पूर्वको सन्तघाट नदीमा स्थानीय कमलेश कहाँरकी श्रीमती २५ वर्षीया तारामती कहाँर, बेचनप्रसाद कहाँरका १५ वर्षीया छोरी तारा कहाँर र घनश्याम रैदासका ८ वर्षीया छोरी खुस्बु रैदास बेपत्ता भएका हुन् ।
बाख्रा चराउन गएका तीनैजना नुहाउने क्रममा डुबेरे बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले बेपत्ताहरूको खोजीकार्य जारी राखिएको उनले बताए । बेपत्ता भएका तीन जनासहित ५ जना भएर नुहाउन गएको स्थानीयले बताएका छन् ।

Next Post

डोरिअन आँधीका कारण अमेरिकामा आपातकाल घोषणा

१६ भाद्र २०७६, सोमबार १७:१६
सदरलाइनडटकम, काठमाण्डौ : आधुनिक समयकै सबैभन्दा शक्तिशाली मानिएको डोरिअन समुद्री आँधी उत्तर पश्चिमी बहमासमा पुगेको छ । प्रतिघण्टा दुई सय ८५ किलोमिटरको वेगमा रहेको डोरिअन क्याटगरी पाँचको शक्तिशाली समुद्री आँधी हो । आँधीले बहमासको अबाको द्वीपमा पनि आतंक मच्चाएको छ । आँधीका कारण भूस्खलन हुँदा कैँयौ घरमा क्षति पुगेको छ […]

सम्बन्धित