सदरलाइनडटकम,
बुटवल : घुससहित नवलपरासीमा दुईजना पक्राउ परेका छन् । सव डिभिजन कार्यलय नवलपरासीका सहायक बन अधिकृत पर्शुराम चौधरी ६२ हजार घुससहित पक्राउ परेका हुन् ।
उनीसँगै बन कार्यलय रहेको भवनका घरधनी मनोजकुमार चौहानलाई पनि पक्राउ गरिएको छ । दुबै जनालाई सरकारी वकिलको कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलले जनाएको छ ।


