गौहत्या प्रकरणको छानबीन समिति गठन

१४ भाद्र २०७६, शनिबार १७:००
 

सदरलाइनडटकम,
काठमाण्डौ : ‘गौहत्या’ प्रकरणको छानबीन गर्न गृहमन्त्रालयले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको छ । बाँकेको नेपालगञ्जबाट लगिएका गाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मृत भेटिएको घटनामा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।
मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्वारा शनिवार जारी विज्ञप्तिमा छानबिनका लागि उपसचिव सागरमणि पाठकको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको जनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको काञ्जी हाउसबाट लगिएका ३ सय ७० गाईगोरुमध्ये २४ गाईगोरु वीरेन्द्रनगर नगरपालिका–१४ कटकुवास्थित जंगलमा मृत फेला परेका थिए ।
घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतले गाईगोरु ढुवानीमा प्रयोग भएका ४ वटा ट्रक बरामद गरेको छ भने ट्रक चालकलाई पक्राउ गरेर प्रहरी नियन्त्रणमा राखेको छ ।
‘गौहत्या जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई कानून बमोजिम हदैसम्मको कारवाही गरिने र कुनै पनि किसिमको उन्मुक्ति नदिइने कुरामा समेत गृह मन्त्रालय प्रतिवद्ध रहेको समेत विज्ञप्तिमा जनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको काञ्जी हाउसबाट लगिएका ३ सय ७० गाईगोरुमध्ये २४ गाईगोरु वीरेन्द्रनगर नगरपालिका–१४ कटकुवास्थित जंगलमा मृत फेला परेपछि चौतर्फी बिरोध भएको थियो ।


Next Post

स्वास्थ्यप्रति डुडुवाका महिला सचेत हुँदै

१४ भाद्र २०७६, शनिबार १७:००
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकामा घरमै बच्चा जन्माउने महिलाहरुको संख्यामा कमी आएको तथ्यांकले जनाएको छ । आर्थिक वर्ष २०७८ सम्म घरमा बच्चा जन्माउने दर शुन्यमा झार्ने लक्ष्य अनुसार सचेतनामुलक अभियान तथा प्रसुती सेवालाई प्रभावकारी व्यवस्थापन गरिएपछि दर घटदै गएको पाइएको छ । गाउँपालिका शिक्षा शाखाद्वारा आयोजित स्वास्थ्यस्तरीय गत […]